सुत्केरी भएकै दिन श्रीमानले मरणसन्न हुनेगरी कुटे, माइती कोही नहुँदा उपचारमा समस्या



 

कुश्मा, २६ चैत । सुत्केरी भएकै दिन आफ्नै श्रीमानले मरणासन्न हुनेगरी कुटपिट गरीएकी महिलालाई उपचारमा आर्थिक अभाव देखिएको छ । उनका आफन्त कोही नहुँदा उपचारमा समस्या भएको हो । भर्खरै सुत्केरी भएकी श्रीमतीलाई चिर्पट प्रहार गरी गम्भिर घाइेत बनाएका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पर्वतको फलेवास नगरपालिका २ थापाठाना खनारका ३० वर्षीय मदन नेपालीले ३३ वर्षीया श्रीमति मुना नेपालीलाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन्।

पक्राउ परेका श्रीमानका विरुद्ध लिखित उजुरी दिने समेत कोही नहुंदा कारवाही प्रकृया समेत अगाडी बढ्न सकेको छैन । आइतबार बिहान घरमा नै नवशिशु (छोरा) जन्माएकी उनलाई कमजोर अवस्थामा श्रीमानले मरणसन्न हुनेगरी कुटपिट गरेका हुन् । राति ९ बजेको समयमा मादक पदार्थ खाएर आएका मदनले चिर्पट प्रहार गरेर घाइते बनाएका छन्। आइतबार राति नै छिमेकीको सहयोगमा घाइते मुनालाई जिल्ला अस्पतालमा पर्वतमा सामान्य उपचारपछि थप उपचारका लागि सोमबार दिउँसो पोखरा पठाइए पछि आर्थिक अभावले उपचार प्रभावित भएको छ ।

उनको टाउकोमा गहिरो चोट भएकाले टाँका लगाइएको छ ।कुटपिटवाट घाइते मुनालाई छिमेकीले उद्दार गरी अस्पताल पुर्याएका थिए । नियन्त्रणमा रहेका मदन अहिले पर्वत जिल्ला प्रहरी कार्यालयमा हिरासतमा छन्।पीडितबाट लिखितरुपमा उजुरी नआइसकेकाले कानुनी प्रक्रिया अघि बढाउन नसकिएको र आफन्तसँग सम्पर्क भइरहेको प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले बताए । पीडित महिलाका माइती पक्षका आफन्त कोही नभएका कारण छिमेकी युवा दिपेन्द्र कुँवरलगायत व्यक्तिले उनलाई अस्पतालमा लैजान सहयोग गरेका थिए। महिलाको उपचारमा सहयोग पुर्याउन छिमेकीहरुले सबैसंग अपिल गरेका छन् ।

साभार ;इपब्लिक न्युजबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्