संसारभरका फेसबुक बन्द



काठमाडौँ । संसारभरका फेसबुक प्रयोगकर्ताहरूले आइतवार फेसबूक खोल्न सकिरहेका छैनन् ।

यो समाचार लेख्दासम्म मोबाइल र कम्प्युटर कहीं पनि फेसबूक खुलेको छैन ।

बेलायतको संचारमाध्यम ‘एक्सप्रेस’ले फेसबूक नखुल्नुको प्रमुख कारणमा ‘अफलाइन सर्भर इस्यु’ भनेर समाचार प्रकाशित गरेको छ ।

युरोप, अमेरिका र एसियाका कतिपय देशहरूबाट फेसबुक नचलेको गुनासो आइरहेको छ ।

यस्तो गुनासाहरू मान्छेले ट्वीटर, इन्स्टाग्राम र अन्य सामाजिक संजालमा पोस्ट गर्ने गरेका छन् । फेसबूक मात्र नभएर ‘फेसबूक म्यासेन्जर’ पनि चलेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्