आज मेघगर्जन सहित पानी पर्ने सम्भावना, सचेत हुन आग्रह



काठमाडौं ।पश्चिमी वायु र पूर्वमा बनेको न्यूनचापीय रेखाको प्रभावले आइतबार देशका विभिन्न भुभागमा पानी पर्ने सम्भावना रहेको छ । बिहान सफा मौसम रहेका ठाँउको मौसम दिउँसोपछि बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।

प्रिमनसुन सक्रिय देखिएको कारण साँझ धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने एवं चट्याङको सम्भावनासमेत रहकेकाले सचेत भएर बस्न मौसमविद्ले जानकारी दिएका छन् ।

आइतबार राति पनि मौसम बदली भएर थोरै स्थानहरुमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्