गैरदलितले बिवाहा भोज बहिष्कार गरे पछि कारवाहीको माग गर्दै दलितहरुले निकाले प्रेस बिज्ञप्ति



काठमाडौ – रुपन्देही सुद्वोधन गाउपालीका वडा न.४ बर्मेलीटोलका राम बहादुर बिकले आफ्नो २२ वर्षिया छोरी आरती बिकलाइ नबलपरासी आसामबासी टोलमा यहि बैशाख ५ गते धुमधाम बिवाहा गरिदिएका थिए । गाउँबाट नै परम्परागत मागी बिवाहा गरिदिएका रामबहादुर बिकले छोरीको बिवाहामा सारा गाउँ ,टोल र आफन्तहरुलाइ बिवाहाको निम्ता गरेका थिए । बर्मेलिटोल ४ वडामा करिब ९० घर धुरी दलित समुदायको र१५० घरधुरी अन्य गैरदलित समुदायको बस्ती रहेको छ । रामबहादुर बिकले छोरीको बिवाहा भोजमा दलित , गैरदलित सबैलाई निमन्त्रणा गरेका थिए । प्राय जसो सबै भोज र नाचगानमा रमाए। वडाका वडा अध्यक्ष राजेन्द्र कडेल सहित स्थानीय प्रशासनका प्रहरीहरु भने भोज खाएर , धक फुकाएर नाचगान र रमाइलो गरे । दलित र गैरदलितको भोज एउटै गराइएको थियोे , क्याटरिङको जिम्मा कृष्ण पंगेनीलाई दिएको थियोे भने डिल्लीराम ढकालले पुजापाठको जिम्मेवारी समालेका थिए । नाचगान र भोजको रौनक राम्रै सित तातेको थियोे । तर एउटा भिड भने त्यो भोजबाट निकै तर्सियो २१ जनाको एउटा समुह एकैचोटि आएको थियोे ।
बेहुलीलाई खाममा नगद पैसा दक्षिणा दिएर भोजतिर हेर्दै नहेरी नाचगानको बहाना त कोहि सुटुक्क बिवाहा घरबाट बाहिरिए । बिवाहा , पाटी जस्तो ठाउँमा घरमा बस्दा लगाउने , लुङ्गी , गाउन र खुट्टामा चप्पल लगाएर खाममा दक्षिणा दिएर मात्र भोज नखाइ एउटा समुह नै हिडे पछि भोजमा सरिक केही ब्यक्तिहरुले उनिहरुको व्यबहार नियालेका थिए । बिवाहा भोजलाइ बहिस्कार गर्नेमा हाडबजार टोल आमा समुहकि अध्यक्ष रसमाया थापा , नेपाली काग्रेस तरुण दलका नेता आशिष् केसि , टोल बिकास समितिका उपाध्यक्ष बालकृष्ण गैरे र केही स्थानीय रहेका छन् । सामुहिक भोजमा यसरी एउटा समूह नै आएर सुनियोजित तरिकाले भोज बहिष्कार गरेको र दलित भन्दै अपमान गरेको भन्दै दलित अगुवाहरुले आपत्ति जनाएका छन् ।
स्वयंम बेहुलीका बुवा रामबहादुर बिकले आफू दलित भएकै कारण उनिहरुले जान बुझेर नै हाम्रो परिवारको बिवाहा भोजमा सरिक नभएर बहिष्कार गरेका हुन र बिवाहा पाटी जस्तो ठाउँमा घरमै घासदाउरा गर्ने कपडा लगाइ हाम्रो समुदायको खिल्ली उडाएको र उक्त ब्यबहारले आफू मात्र नभई सिङ्गो समुदाय माथिको अपमान र आत्मसंम्मानमा चोट लागेको भनी स्थानीय दलित अधिकारकर्मी सहितको छलफलले दलितको भोज छोइन्छ भनी नखाएर बहिस्कार गर्ने अनि दक्षिण दिने?? यो दक्षिणा फिर्ता गर्नु पर्छ भनी बैशाख ८ गते बिश्वकर्मा समाज रुपन्देही – अध्यक्ष तथा दलित बिकास समिति रुपन्देहीका पुर्ब उपाध्यक्ष पदम बिक ,बिश्वकर्मा समाज टोल बिकाश अध्यक्ष प्रेम रोका ,बर्मेली आमा समूह अध्यक्ष प्रेमा सुनार ,दुर्गा मन्दिर समिति अध्यक्ष अमर बहादुर थापा र बेहुलीका बुवा राम बहादुर बिकले भोज बहिस्कार गर्ने अनि दक्षिणा दिने गैरदलितहरुले दिएको दक्षिणा स्वरुपको रकम वडा अध्यक्ष राजेन्द्र कडेललाई वडा कार्यलयमा भेटी उक्त रकम फिर्ता गरेका छन्/
उक्त घटनालाइ लिएर मानव अधिकार कर्मी , दलित अधिकारकर्मिहरुले चर्को बिरोध गरेका छन् । उक्त कार्य दलित समुदाय माथी नै अपमान र नेपालको संविधान २०७२ र जातीय छुवाछूत कसुर र सजाय ऎन २०६८ अनुसार अपराध भएको हुँदा सख्त कारवाहिको माग गर्दै अनुगमन समिति नै दलितहरुले बनाएका छन । हरिओम बिकको सयोजकत्वमा बनेको टोलिले कारवाहिको माग गर्दै प्रेस बिज्ञप्ति निकालेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्