अन्तत सहभोजमा टुङ्गियो दलित भनी भोज बहिष्कार गर्ने विरुद्ध दक्षिणा फिर्ताको मुद्दा



जिल्ला रुपन्देही सुद्धोधन गाउपालिका वडा नम्बर ४ हाड बजार टोल बस्ने राम बहादर बिश्वकर्माकी छोरी बर्ष २२ की आरती बिश्वकर्माको २०७६/०१/०५ गतेका दिन आफ्नै घर निवासमा भएको विवाह कार्यक्रममा केहि स्थानीय गैरदलित पक्ष बाट दक्षिणा उपलब्ध गराएको र भोजमा सरिक नभई बहिष्कार गरेको भन्दै बेहुलीका बुवा रामबहादुर बिकले आफू र आफ्नो समुदायको आत्मसंमानमा चोट परेको र सिङ्गो समुदायमाथिको जातीय विभेद हो भन्दै वडा अध्यक्षलाई दक्षिणा फिर्ता गरि न्यायको लागि निवेदन गरेका थिए ।

आमा समुहको अध्यक्ष लगायत काग्रेसका स्थानीय नेता सहित २२ जनाले एकैसाथ आएर दक्षिणा दिएर भोज नखाए पछि यो योजनाबद्द नै हो भन्ने बिस्वस्त हुँदै दलित अधिकारकर्मीहरुले उक्त विषयलाई लिएर न्यायिक र छानबिन समिति बनाएर कडा बिरोधमा उत्रिएका थिए । विभिन्न संचारमाध्यम र मानबअधिकारबादीहरुले समेत चासो दिए पछी दुबै पक्ष बसि बैशाख २२ गते सहभोज गरि ५ बुदे सहमति सहित टुङाउने निर्णय गरिएको थियोे ।

आज प्रदेश सभा सभामुख पुर्ण बहादुर घर्तिको प्रमुख आतिथ्यमा सुद्दोधन ४ फर्सातिकरको रिद्दी – सिद्दी पार्टी प्यालेसमा ´सामाजिक सद्भाव तथा आपसी मेलमिलापका लागि सामुहिक भोज साथै अन्तरक्रिया सहित कानुनी सचेतता ` कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सभा सांसद कमला बिश्वकर्मा, प्रदेश सभा सांसद दिपा बिश्वकर्मा ,पुर्ब सांसद बिनोद पहाडी ,ब्रामण समाजका जिल्ला अध्यक्ष लोकनाथ खरेल ,क्षेत्री समाजका मान बहादुर क्षेत्री , विश्व हिन्दु परिषदका दिलिप भट्टराई लगायत विभिन्न दलित अधिकारकर्मी र संघ, संस्थाको बाक्लो उपस्थिति रहेको थियोे ।

बोल्ने अतिथी र बक्ताहरुले २१ औं सताब्दिमा पनि जहाँ ऎन, कानुन र संविधान बनिरहदा पनि यस्ता जातीय विभेद लज्जा र कानुनीरुपमा दण्डनिय भएको हुँदा यस्ता विभेद र व्यबहार नगर्न सचेत गराउदै कानुनी रूपमा कारवाही गरिने चेतावनी समेत दिएका थिए । २०६८ को जातीय भेदभाव र छुवाछूत कसुर र सजाय ऎन २०६८ को ऎन दिपा गहतराजले व्याख्या गरेकी थिइन । अधिकारकर्मी पदम बिश्वकर्माले सहभोजमा भात खाएर होईन मन र व्यबहारबाट यस्ता सोच हटाउनु पर्ने बताए । बिबादित २२ जना गैरदलितहरु जसले दक्षिणा दिएर भोज खाएनन् उक्त जम्मा भएको ६,३५० रुपैयाँ भने जुन भोज नखानेहरुले दिएका थिए उक्त रकम भने हिन्दू परम्परा अनुसार बिवाहामा चेलीलाई दिएको दक्षिणा फिर्ता लिन नहुने र नलिने भने पछि मर बेहुलीले पनि रकम बुझ्न मानिनन् । बरु दलित , गरिब , जेहेन्दार विद्यार्थीलाई शिक्षाको लागि लगानी गरिदिनु भन्दै दलित बर्ग उत्थान समन्वय समितिका अध्यक्ष रामबहादुर बिकको रहोबरमा उक्त रकम जिम्मा लगाइएको थियोे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्