मलेसियाले नयाँ कामदार लैजाने



काठमार्डाै।
मलेसियाबाट रोजगारी अवधि पूरा गरि स्वदेश फर्किर्ने विदेशी कामदारको सट्टामा नयाँ कामदार लिने सरकारी योजनालाई त्यहाँको निजी क्षेत्रले स्वागत गरेको छ । मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरनले केहीदिन अघि त्यहाँ रहेको विदेशी कामदारको चरम अभावपूर्ति गर्न उक्त घोषणा गरेका थिए ।

मलेसियाको ट्रेड यूनियन काँग्रेसका महासचिव जे सोलोमनले सरकारको नयाँ निर्णयले रोजगारदाताको समय र लागत घट्ने भन्दै नयाँ कदमको स्वागत गरेको बताएका छन् ।

त्यसैगरी मास्टर्स बिल्डर्स एसोसियसन मलेसियाका अध्यक्ष फू चेक लिले सरकारको पछिल्लो निर्णयले रोजगारदातालाई राहत मिल्ने धारणा राखेका छन् ।

मलेसियाको दि स्टार लगायतका स्थानीय पत्रिकाहरुले मन्त्री कुला सेगरसनलाई उदृत गर्दै रोजगारीको करार अवधि सकेपछि अध्यागमन कार्यालयमा ‘चेक आउट मेमो’ बनाएर स्वदेश फर्किएका कामदारको सट्टामा नयाँ कामदार सहजै भर्ना गर्न मिल्ने गरि सन् २०१७ अघिकै योजनालाई पुनः कार्यान्वयनमा ल्याउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । यो प्रक्रिया आगामी जुलाई १ देखि लागू हुने छ ।

मलेसियामा विदेशी कामदारको चर्को अभाव भएपनि नेपालबाट विगत एक बर्षयता नयाँ कामदार गएका छैनन ।
उनीहरुले नेपालबाट कामदार नगए ईण्डोनेशिया र कम्बोडियाबाट थप कामदार लिन आग्रह गरिरहेका मलेसियाली सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

साभार -मध्यान्ह

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्