मेनपावरका सबै एजेन्ट खारेज ,व्यावसायिहरुले अब कुनै एजेन्ट राख्न नपाउने ।



काठमाडौँ । पछिल्लो समय मेनपावर व्यावसायिहरु र उनीहरुको ब्यबसाय नै धरापमा परेको छ ।मेनपावर व्यावसायिनै आन्दोलनमा उत्रिएका छन् ।
मलेसिया देखि अरु देश पनि सरकारका निर्णयले बन्द र अन्योल भए पछि धेरै मेनपावरहरुको कामकाज ठप्पै भएर अफिस नै बन्द भएका छन् ।जेष्ठ २३ गते वैदेशिक रोजगार बिभागले अर्को बिज्ञप्ति सार्वजनिक गरेको छ ।

जसमा वैदेशिक रोजगार बिभागले अब देखि म्यानपावर खारेज ब्यबस्थालाई पुर्ण रूपमा कार्यन्वनमा ल्याउने भएको छ ।बिभागले बिज्ञप्तिमा उल्लेख गर्दै बिगतमा एजेन्डको रूपमा काम गर्ने ब्यक्तिहरुलाइ सो काम जारी नराख्न भन्दै सूचना जारी गरेको छ ।

अब कसैले एजेन्डको रुपमा कामदारको पासपोर्ट र रकम लिनेलाई कडा कारवाही गर्ने चेतावनी बिभागले दिएको छ ।वैदेशिक रोजगार ऎन २०६४ ( संशोधन ) भैसकेको हुँदा अन्य कुनै ब्यक्तिलाइ एजेन्टको रुपमा काम नगर्न र मेनपावरलाई समेत त्यस्ता ब्यक्तिबाट काम नगराउन सचेत गराएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्