महिला पत्रकारको हत्या



 

काठमाडौँ । मेक्सिकोको दक्षिण पश्चिममा एक महिला पत्रकारको हत्या भएको छ। मंगलबार टाबास्को होए नामको अखबारकी पत्रकार नोर्मा साराबीयाको हत्या गरिएको हो।

प्रहरीका अनुसार पत्रकार साराबीया मेक्सिकोको टाबास्को होए नामको अखबारमा विगत १५ वर्षदेखि संवाददाताका रुपमा कार्यरत थिइन्। उनले टाबास्को राज्यका अरु सञ्चारमाध्यममा समेत कार्य गरेकी थिइन्। मेक्सिकोमा यसै वर्ष हत्या गरिएकी उनी छैटौं पत्रकार हुन्। पत्रकारहरुका लागि विश्वमै मेक्सिको सबैभन्दा खतरनाक मुलुक हो।

 

सन् २००० यताका १९ वर्षमा मेक्सिकोमा झण्डै १०० पत्रकारको हत्या भइसकेको छ। लागूपदार्थका तस्कर र राजनीतिक भ्रष्टाचारीका कारण पत्रकारको ज्यान जोखिममा पर्ने गरेको अध्ययनहरुले देखाएका छन्। हत्याका आरोपीहरुमाथि यहाँ बिरलै सजाय हुने गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्