पाँच वर्षकी बालिका बालकबाट बलात्कृत के हुन्छ, कानूनी सजाय ?



सप्तरी । पाँच वर्षकी बालिका बलात्कृत गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । गत शनिबार मामाघरमा बस्दै आएका बालकले ललाइफकाई बिस्कुट खान दिई बालिकालाई आफ्नै कोठामा बलात्कार गरेको आरोपमा प्रहरीले बालकलाई पक्राउ गरेको हो ।

बालिकाले पेट दुख्ने थालेको बताएपछि बालिकाकी आमाले उपचारका लागि गत सोमबार कञ्चनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पताल ठेलिया लग्दा अस्पतालका चिकित्सकले जाँच गर्ने क्रममा बलात्कारको शङ्का लागि प्रहरीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो ।चिकित्सकले खबर गरेलगत्तै अस्पताल पुगेका इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा पीडितको स्वास्थ्य परीक्षण गराएको बताए ।

आरोपितविरुद्धको उजुरी दर्ता गर्दै आरोपित बालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मिश्राले जानकारी दिए ।

मुलुकी अपराध संहित ऐन, २०७४ को दफा २१९ को उपदफा २ को ९ग० अनुसार अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबर्जस्ती करणी गरेको मानिने भएकाले जबर्जस्ती करणीको उजुरी दर्ता गरी कारवाही थालिएको प्रहरीले जनाएको छ ।

बालकले अपराध गरे कस्तो हुन्छ कानूनी सजाय

नयाँ मुलुकी अपराध संहिता ऐन २०७४ अन्तरगत बालबालिकालाई हुने सजायमा कानुन बमोजिम कसुर ठहरिने कुनै काम गर्ने व्यक्तिको उमेर त्यस्तो काम गर्दा बखत दश वर्ष पुगेको रहेनछ भने निजलाई कुनै सजाय हुने छैन भनिएको छ ।

यस्तै दश वर्ष वा दश वर्ष भन्दा माथि र चौध वर्षभन्दा कम उमेर भएको व्यक्तिलाई कैदको सजाय गर्दा बढीमा ६ महिनासम्म कैदको सजाय गर्न वा कैद नगरी बढीमा एक वर्षसम्म सुधार गृहमा राख्न सकिनेछ भनिएको छ ।

चौध वर्ष वा चौध वर्षभन्दा माथि र सोह्र वर्षभन्दा कम उमेरको व्यक्तिले कैदको सजाय हुने कुनै कसुर गरेमा निजलाई उमेर पुगेको व्यक्तिलाई कानुन बमोजिम हुने सजायको आधा सजाय हुनेछ ।

र सोह्र वर्ष वा सोह्र वर्षभन्दा माथि र अठार वर्षभन्दा कम उमेरको व्यक्तिले कैदको सजाय हुने कुनै कसुर गरेमा निजलाई उमेर पुगेको व्यक्तिलाई कानुन बमोजिम हुने सजायको दुई तिहाई सजाय हुनेछ भनिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्