नेकपाकी सचेतक शान्ता चौधरीको कुन ग्रेड आयो त ?



 

काठमाडौ।
यस वर्ष एसईई परीक्षा दिएकी सांसद शान्ता चौधरीले बी ग्रेड पाएकी छन् । बिहीबार सार्वजनिक भएको नतिजाअनुसार उनले २=६५ जीपीए ल्याएकी छन् । आफ्नो छोराले टेलिफोन गरेर नतिजा जानकारी दिएको उनले बताइन् । उनले अब उच्च शिक्षा अध्ययन गर्ने बताएकी छन् ।

खुल्ला शिक्षा अन्तर्गत माध्यमिक विद्यालय तुलसीपुर सेन्टरबाट सचेतक शान्ता चौधरीले यस पटक माध्यमिक शिक्षा परीक्षा एसइइ दिएकी थिइन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्