यिनै हुन् SEE मा गुल्मीबाट ४ जि.पि.ए ल्याउने सागर पुरी गुल्मी



 

गुल्मीका सागर पुरीले सबै बिषयमा ४ जि.पि.ए लिएका छन् । माध्यमिक शिक्षा परिक्षा एस.ई.ई मा उनले गुल्मीको रेसुङ्गा माध्यमिक विद्यालयबाट ४ जि.पि.ए लिएका हुन् ।

उनले सामुदायिक विद्यालय तर्फबाट जिल्ला प्रथम गरेकाे रेसुङ्गा माध्यमिक विद्यालय प्रधानाध्यापक प्रेम भण्डारीले जानकारी दिनुभएको छ । गुल्मीमा सामुदायिक विद्यालयकाे तर्फदेखि साधारण तर्फबाट ४ जि.पि.ए ल्याउने उनी मात्रै भएको प्रधानाध्यापक भण्डारीले जानकारी दिनुभएको छ ।

 

उनी सानैदेखि र सानो कक्षामा पनि त्यस्तै नम्बर प्राप्त गर्दे विद्यालय प्रथम हुने गरेकाे,पढ्नमा एकदमै रुचि राख्ने विद्यार्थी भएकाे रेसुङ्गा माध्यमिक विद्यालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्