तेह्रथुमको,तेह्रथुम क्याम्पसका ५८ जना विद्यार्थीहरुलाई निःशुल्क र जेहेन्दार छात्रवृति



 

इन्द्र नेपाली तेह्रथुम

तेह्रथुम बहुमुखी क्याम्पस आठराई चुहानडाँडाले विभिन्न तहमा अध्यायनरन विद्यार्थीहरुलाई जेहेन्दार तथा निःशुल्क छात्रवृति बुधबार वितरण गरेको छ । क्याम्पसले स्नातक तह र स्नातकोत्तरका ५८ जना विद्यार्थीहरुलाई १ लाख ९८ हजार २ सय रुपैयाँ छात्रवृति वितरण गरेको हो ।

वि.एड प्रथम वर्षबाट सेनुका ओलीले सीतादेवि मैनाली स्मृति, फारस बास्कोटाले स्वर्ण महोत्सव, गोमादेवी तामाङले पुष्पलिला स्मृति, डिकबहादुर गोलेले गंगा गेह स्मृति, तुलसा अधिकारीले गोल्डेन जुब्ली, अञ्जु इङनामले महिला जेहेन्दार र मिलनकुमार सिटौलाले पुरुष जेहेन्दार छात्रवृति पाउनु भएको छ ।

वि.एड प्रथम वर्षबाट पुजा नेपाल, पुनम कन्दङवा र यसोदा पौडेलले ५० प्रतिशत र शर्मिष्ठा कन्दङवा र रञ्जना आङदेम्बेले २५ प्रतिशत निःशुल्क छात्रवृति प्राप्त गर्नु भएको छ ।

वि.ए. प्रथम वर्ष तर्फ लोकेन्द्र बुढाथोकीले भक्तराज संयक, सुजता गुरुङले देवका थपलिया स्मृति, टंक ढकालले पुरुष जेहेन्दार र लक्ष्मी देवि घिमिरेले महिला जेहेन्दार जेहेन्दार छात्रवृति पाउनु भएको छ ।

वि.ए. प्रथम वर्षकी विमला दाशले पूर्ण निःशुल्क छात्रवृति पाउनु भएको छ, भने शुष्मा गुरुङ र युवराज ईङनामले अर्ध निःशुल्क छात्रवृति पाउनुभएको छ । वि.एड दोस्रो वर्ष बाट पृयंक उप्रतीलाई लक्ष्मीतारा, सीता निरौलालाई हरिचरण,भोलानाथ स्मृति र कुसुम लिम्बूलाई गंगाबहादुर आचार्य स्मृति छात्रवृति प्रदान गरिएको छ ।

स्मृता कन्दङवा र सुस्मिता कन्दङवालाई ५० प्रतिशत, हेमन्त शासंकर, चन्द्रप्रकाश गुरुङ र रञ्जनादेवि मिश्रलाई २५ प्रतिशत निःशुल्क छात्रवृति वितरण गरिएको छ । वि.ए दोस्रो विर्षबाट प्रकाश शेर्पा लाई विष्णुमाया थपलिया स्मृति र विमल साउदेन लिम्बूलाई अर्ध निःशुल्क छात्रवृति वितरण गरिएको छ ।

वि.एड तेस्रो वर्षबाट केशव न्यौपाने लाई पुरुष जेहेन्दार र पार्वता बास्तोलालाई महिला जेहेन्दार, समिर न्यौपाने, डम्बर ईश्वोहाङ लिम्बू, लिला खनाल, कल्पना घिमिरे र पेमा गोलेलाई ५० प्रतिशत, पवन न्यौपाने, तुलसा राई, प्रकाश शिवा, दिपा नेपाल, विनु लिम्बु, जानुका खवास, फुलमाया मगर र सीतादेवि गोम्दानलाई २५ प्रतिशत निःशुल्क छात्रवृति वितरण गरिएको बताइएको छ ।

वि.ए. तेस्रो वर्षबाट प्रकाश बास्कोटालाई पुरुष जेहेन्दार र निर्मला खवासलाई महिला जेहेन्दार, पेम्बा शेर्पा, तेजु तिवारी, भूमिका लकान्द्री र उमाकान्त दंगाललाई पूर्ण निःशुल्क, धनपति घिमिरे, सुस्मीता पोमु, अनिष मैनाली, मन्ता कन्दङवा र ईश्वर पौडेललाई अर्ध निःशुल्क छात्रवृति वितरण गरिएको हो ।

वि.एड चौथो वर्षबाट सिर्जना खवासलाई महिला जेहेन्दार र सञ्जिना खवासलाई ५० प्रतिशत निःशुल्क छात्रवृति वितरण गरिएको छ । स्नातकोत्तर तह प्रथम सेमेष्टरबाट लीलाराज खड्कालाई शेपाकाईला स्मृति छात्रवृति वितरण गरिएको क्याम्पस प्रमुख हिक्मतबहादुर रायाले बताउनु भयो ।

विद्यार्थीहरुलाई वितरण गरिएको छात्रवृतिले विद्यार्थीको पढाई स्तरमा थप प्रेरणा र सहयोग मिल्ने बताइएको छ । २०१७ सालमा स्थापना भएको क्याम्पसमा दर्जन बढी दाताहरुले अक्षयकोष स्थापना गरी क्याम्पसलाई गतिशिल बनाउन सहयोग गरेको क्याम्पस व्यावस्थापन समितिका अध्यक्ष रामचन्द्र थपलियाले बताउनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्