“तस्वीर”



सुश्मा तिमल्सिना।

सिमसिम पानी परिरहेको बेला !
सिरसिर हावा चलिरहेको बेला !
मन उडिरहेकाे थियो जस्तो कि
हावा ले पानी लाई उडाइरहेकाे थियो ।
एकभारी को मन,
आँखा बाट झर्न लागेका आँशूहरु बोक्दै
म फुत्त बाहिर निस्केर एक वित्ता मात्र
हिडेकी थिएँ ।
उसको तस्वीर मेरै अगाडी टक्क रोकिएको थियो ।
मेरा आँखा पनि हट्न मानेनन् ।
पहिलो चोटी उसलाई जस्तो देखेकी थिएँ ।
आज पनि ऊ उस्तै थियो ।
उसको मौन बस्ने बानी छ ।
म उसको मौनता ले डराइरहन्छु ।
उसको नजिक गएर उसको आँखा पढें ।
मन मा अटेसमटेस भइ छतल्किरहेको
मेरो पीडा एक थोपा आँसु सहित
उसका अघि तप्प चुइयो ।
उसको मुस्कुराइरहेको तस्वीर हेरें
अनि आफैं लाई पागल ठहराएँ ।
यो त भित्ता मा टाँसिएको तस्वीर हो
तर पनि खै किन म उसलाई
असाध्यै प्रेम गर्छु।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्