काठमाडौं /०२ कात्तिक।
कोरोना संक्रमण भएर १३ दिनअघिदेखि क्वारेन्टाइनमा रहेका हास्यकलाकार हरिवंश आचार्यले दसैँ दसा हुने सक्नेतर्फ विशेष सतर्क रहन आग्रह गरेका छन् ।
उनले आफू बच्ने मात्रै होइन, अरुलाई कोरोनाबाट बचाउनु पनि आफ्नो दायित्व सम्झन आग्रह गरेका छन् । कोरोना लाग्नुअघि ड राउन र लागिसकेपछि भने न’डरा’उन सुझाब दिएका छन् । एक कार्यक्रममा भर्चुअल कुराकानी गर्दै उनले कोरोनालाई सामान्य रुपमा नलिन सबैसँग आग्रह गरेका छन् ।
कोरोनाबाट बच्नका लागि आ–आफ्नै घरमा बसेर दसैँ मान्न आग्रह गर्दै उनले भने, ‘यो वर्षको दसैंमा टीका थाप्न म कसैको घरमा पनि आउँदिन, तपाईंहरु पनि कोही पनि मेरो परिवारमा नआउनुहोला ।’
यो वर्षको दसैँलाई बाँच्ने उत्साहको रुपमा लिन आग्रह गर्दै उनले भने, ‘हामी बाँचिराखे दसैँ अर्को वर्ष पनि आउँछ, भगवान हामीसँगै रहन्छन् ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।