काठमाडौं /०२ कात्तिक।
दीपक चौलागाईं र मेलिना राइको आवजमा “सागर भन्दा निश्चल माया “बोलको गीत सार्वजनिक भएको छ ।रोनिङ राइको शब्द, दीपक चौलागाईं र रोनिङ राइको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा बाल आवाज आयुश केसीको रहेको छ ।
मनिश श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा केकी अधिकारी, गौरभ शाही र बालकलाकारमा अकेसा पोखरेल , युजेस न्यौपाने , आइन्स चौलागाईं फिचर्ड छ्न । अमन बडुले छायान्कन गरेको भिडियोलाई क्षितिज कुलुङ्गले एरेन्ज गरेका छन भने तबलाम दिपक रिदम ,बेस गितारमा अनुप दास , बासुरिमा गोपाल देव, मिक्सिङ मास्टरिङ्गमा श्याम्स्वेत मेकपमा अनिता ग्वचा र ड्रोनमा सुरेश घिसिङ रहेका छन । पृज्म स्टुडियोमा रेअर्ड गरिएको गीत ओ.यस.आर डिजिटल बाट हेर्न सकिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।