कविताः ” नाम “



राज कुमार कार्की

छुरा हान्ने गर्दछ्न् मुखमा जप्छ्न राम-राम नाम।
जस्तो नाम उस्तै हुन्छ कि हुदैन हजुर यो कलिको काम।।

शिव बिष्णु नाम हुनेहरु पनि गर्दछ्न रे ब्रह्म हत्या।
यस्ता कुरा हुन कि हैनन् लगाउनु है हजुरहरुले पत्ता।।

राम सीता नाम सुन्दा हामी सब पर्छौ हजुर जहिले मख्ख।
बेहोराले ठाउँ छाडदा जिब्रो काढछौ गर्छौ अनि टक्क।।

जो गरिब छ उसैलाई धन बहादुर भन्छन् हजुर जहिले ।
लेख पढ् गर्न नजान्ने अज्ञानिलाई बुद्धि बहादुर भन्छन् ऐले।।

बल नै नहुनेलाई बलबहादुर धनै नहुनेलाई धनबहादुर।
जो अशक्त छ हिड्डुल गर्नै सक्दैन उसको नाम रण बहादुर।।

पवन नाम हुनेहरु कत्ति त हावामै सब उडेर गए ।
रवि नाम हुनेहरुले त अब आगो बाल्ने नै पो भए।।

नाम सुन्दा राम हरि कृष्ण शिव अरु धेरै अनि बिष्णु
बादरलाई मात्रै किन आउछन् तिनले जहिले पनि लिस्नो।।

बिष्णु नाम मात्रै भएर के गर्नु जहिले पनि सधै ढाट्ने।
आफ्नो ब्यक्तिगत स्वार्थ पुरा गर्न राजधानी सँग मन्त्री पद नै साट्ने।।

प्रकाश नाम हुनेहरू आजकल किन फेरि निभाउन थाले बत्ती।
राम्रा नाम र काम हुनेहरू पार्टीका नाममा जान थाले सती।।

राख्न थाले हिजोआज हजुर सबले देवताकै नाम।
मानव भएर मात्र के गर्नु काम छ तिनको दानव।।

सर्प भ्यगुता पाल्नेको हजुर के हुनु पर्थ्यो होला नाम?
सबै कुरा छुट्याउने चाहिँ अब तपाईहरुको नै हो है काम।।

त्यसै बनेका हैनन् हजुर शेर बहदुर पनि ऐले शेर।
तिनले पनि दु:ख गरेकै छ्न है हजुर भन्छन् धेर।।

रामचन्द्र पनि गए हजुर पहिल्यै जङ्गलमा वन बास।
तिनको पनि छ कि छैन अब होला हजुर फर्केर आउने आश।।

धेरै चर्को स्वभाव भएकालाई भन्दो रैछ्न हजुर प्रचण्ड।
बेला -बेलामा बोल्दा रछ्न है तिनले पनि त्यसै उदन्ड।।

नाक मात्रै फुलाउनेलाई भन्दा रैछ्न कि क्या हो नेपाल!
युवा नै छु भन्छन् बुढाहरु सेतै नै छ त फेरि फुलेको कपाल।।

धर्मै नमान्नेको नाम रहेछ हजुर फेरि यो कलिको देव।
सधै यताउता कुदिरहन्छ्न भन्छन् मलाई पनि लेउ।।

चिसो घरमा बस्नेलाई नि भन्दा रहेछन् सबैले नै बिद्या।
नियम कानुन नबुझि सही गर्दा भन्छन् शिशु गणतन्त्र सिध्या।।

के पि बालाई पनि भन्दा रैछ्न चुहान डाडाघरे काका।
यिनले पनि राम्रोसँग भाषण गर्छ्न मिलाएर उखान तुक्काको भाका।।

अर्काको बकेर्नो गाई दोहेर खानेलाई भन्दो रैछ नाम नारायण।
यिनले पनि शब्दावली को चाहिँ लगाउछ्न है राम्रोसँग पारायण।।

राज कुमार नाम मेरो हजुर सबलाई कण्ठ छ है मुखमा।
नाम चाहिँ राज कुमार जन्म लिए मैले हजुर गरिबको कोखमा।।

लाइक कमेन्ट गर्नु होला हजुर भएर जहिल्यै सभ्य।
कसै सँग रीस राग छैन बनाए हजुर एउटा सानो काव्य।।

कसैको जीवन सँग मेल खाए संयोग मात्रै मान्नु होला।
यो कविता एउटा कविले लेखेछ मात्रै भनि ठान्नु होला।।

धन्यवाद।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्