समान अधिकार
दिएको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ ।
योग्यता अनुसारको काम
दिएको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ ।
काम अनुसारको ज्याला
दिएको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ
शिक्षामा जीवन गुजाराको सीप
दिएको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ ।
भारतीय अतिक्रमण
रोकेको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ ।
वैदेशिक हस्तक्षेप
रोकेको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ ।
विकासका पूर्वाधार स्थानान्तरण
गरेको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ
केन्द्रीकृत शासन विकेन्द्रित
गरेको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ।
सामाजिक न्याय स्थापना
गरेको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ ।
राजनीति दलगत अहम्
त्यागेको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ ।
राष्ट्रिय हित विपरीतको एमसीसी खारेज
गरेको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।