आजको मौसम : पूर्वमा हल्का वर्षा, पहाडी क्षेत्रमा हिउँ पर्ने



काठमाडौं । पश्चिममा मौसम सामान्य रहेपनि आज पूर्र्वी क्षेत्र र मध्य भागमा मौसम बदली हुने देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका आज दिउँसो पश्चिमी क्षेत्रमा सामान्यतया बदली रहने छ भने बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

पश्चिमी पहाडी भु–भागका केही स्थानहरुमा तथा मध्य र पूर्वी पहाडी भु–भागका थोरै स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति मौसम उस्तै रहने र केही ठाउँमा पानी र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको विज्ञप्ति

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्