छक्का पञ्जा २’ ले पायो सर्वाधिक मल्टिप्लेक्स शो



सैघाली खबर,
काठमाडौं,  –असोज ।यसवर्ष नेपाली मल्टिप्लेक्स हलहरूमा एकाधबाहेक नेपाली फिल्मको बोलबाला देखिएन। मल्टिप्लेक्सहरूका लागि बलिउड र हलिउड फिल्मले भन्दा केही नेपाली फिल्मले बढी पैसा कमाइदिए। पछिल्लो समय नेपाली फिल्म भनेपछि नाक खुम्च्याउने मल्टिप्लेक्सले नेपाली फिल्मलाई बढि भन्दा बढि शो दिन थालेका छन्।

गत वर्ष छक्का पञ्जाले अनपेक्षित रुपमा सर्वाधिक कमाइको रेकर्ड बनाएपछि छक्का पञ्जा २ र्ले देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स च्यानल क्यूएफएक्समा हालसम्मकै सर्वाधिक शो पाएको छ। छक्का पञ्जा २ ले कुल २६ शो पाउँदै हालसम्मकै सर्वाधिक शो पाउने फिल्म बनेको हो।

पहिलो फिल्मको सफलता र त्यसको सिक्वल भएका कारण हलवालाले यस फिल्मलाई वक्सअफिसमा सर्वाधिक व्यापार हुन सक्ने फिल्ममा लिएका छन्। दीपाश्री निरौलाको निर्देशिन रहेको फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, वर्षा राउत, जितु नेपाल, केदार घिमिरे ुमाग्ने बुढोु, शिवहरी पौडेल, स्वस्तिमा खड्का आदिको मुख्य अभिनय रहेको छ।

उपत्यका बाहिर सोलो रिलिज पाएको यस फिल्मसँग उपत्यकामा भने रोज राणाको ‘मेरो पैसा खोई’ भिड्ने भएको छ। मेरो पैसा खोईमा सौगात मल्ल, वर्षा राउत, छुल्ठिम गुरूङ, सागर तिवारी, बुद्धि तामाङ ९हैट० आदिको मूख्य भूमिका रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्