ज्ञानेन्द्रलाइ वाइसिएलको धम्की अरिङ्गालको गोलालाइ नचलाउ



 

ycl महासचिव सुबोध सेर्पालीले आफुलाई सामाजिक अभियान्ता भन्ने ज्ञानेन्द्र शाहीलाई सामाजिक संजालमा खुला च्यालेन्ज दिएका छन् ।

सेर्पालीको स्टाटस जस्ताको तस्तै —

 

विचरा यस्ता पनि सामाजिक अभियन्ता रे । जसलाई सामाजिक मर्यादासम्म थाहा छैन ? तिम्रो अभियान भ्रष्टाचार विरुद्धको होकि पुर्व माओवादी नेता कार्यकर्ता र नेकपा विरुद्धको अभियान हो ? आजसम्म तिमीले थालेको अभियानबाट कोको भ्रष्टाचारी प्रमाणीत भए ? यस्तो लाग्न थाल्यो कि तिमी आफै त्यही भ्रष्टाचारीबाट पालित त छैनौ ? रातारात भ्रष्टाचार बिरोधी अभियान्ताको रुपमा केहि मान्छेलाई भ्रमित बनाउन सफल बन्यौ अब तिम्रो कालो कर्तुत उदाङ्गिदैछ … ? जो समाज रुपान्तरण सहित भ्रष्टाचारको मुद्दाको जनचेतना फैलाउने राजनितिक नेता कार्यकर्तामाथिको तिम्रो प्रहारभित्र नागार्जुन र कमल थापाहरुको छाँया प्रष्ट रुपमा देखिरहेको छ । हेक्का राख ज्ञानेन्द्र के बोल्ने के नबोल्ने देशैभरी तिमीले बोलेको कार्यक्रमको रेकर्ड हेरेको छु । प्रचण्ड, अनन्त देखी सबै माओवादी नेताहरुको बिरोधमा तिम्रो घृणित शब्दहरु ब्यक्त छन् । समाजले पचाउन नसक्ने शब्दहरुको प्रयोग तिमीबाट भैरहेको छ जुन युटुबमा प्रमाणका रुपमा संग्रहित छन् । तिम्रै भाषामा हामी पुर्व माओवादी वा नेकपा कार्यकर्ता प्रतिबादमा उत्रनु परेमा स्थिती के हुन्छ सोचेका छौ ? गणतन्त्र नाकाम बनाउने र राजतन्त्र फर्काउने कल्पना गर्ने तिमी जस्ता पदमुर्ख दिवास्वपनाकारहरुको क्रियाकलाप को फेहरिस्त नियालिरहेको छौँ हामी । तिम्रा हरेक पलको हिसाब राखिएको छ मिलान गर्ने दिनको परिकल्पना गरेर बस्नु…अरिङ्गालको कुरा गरेछौ अरिङगालको गोला चलाएपछि परिणाम के आउछ सोचिराख ? #ज्ञानेन्द्र ?

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्