बदलिएको गाउ ….



म यति बेला मुल ओछ्यानको गुन्द्रीमा झ्यालबाट बाहिर नियाल्दै र बाल्यपनको गाउँ सम्झिदै उहिलेको गाउँ र अहिलेको गाउँबारे लेख्दै छु । मोबाइलमा लेखेकोले अशुद्ध हुनेनै छ । हामी बालक छ्दा बाबु आमाको र पढाउने सरहरुको ठुलो डर हुन्थ्यो । अहिले ठिक बिपरित पाए । हामीले उति बेला आफुले रोजेका नया कपडा दशैमा लगाउ पाउने गर्थ्यो । जसलाइ राख्ने कपडा भनिन्थ्यो ।

दिदि बहिनिहरुले तिजमा पाउथे ।अहिले गाउँको दिनहुको फेशनले बजारबासीलाई चुनौती दिइ रहेको रहेछ । युवा बर्ग काममा कम देखे मैले । धेरै जस्ता बाबु वा दाजुभाइको बिदेश वा अन्यत्रको कमाईमा मन्केको पाए । थोरै जस्ता तिन दिन कमाए चार दिन मस्ती गर्ने वा बिदेश गएर कमाएको पैसामा रम्ने फेरि जान्छु बिदेश क्याबत छ यार ? भन्ने यदि बिदेश जाने चाल बिग्रे डिप्रेसनको रोगि बन्ने अन्ततः सडकछाप जड्याहा बन्दै अल्पआयु मै मर्ने वा आत्मा हत्या गर्ने ।

हाम्रा पिता पुर्खाहरु ८० बर्षको इमेरमा समेत राता पिराउदा र फ़ुर्तिलो देखिन्थे र द्र्खिदै पनि छ । तर अहिले का २० काटेका ठिटाहरु निचारेको निबुवा झै निन्नाउरो र हुतियारा देखिन्छन । कारण सबैलाइ थाह छ । ति अन्य कारण बाहेक काम गर्दैनन । काम नगरे खान रुच्दैन । ९० बर्ष हुनै लगेकी मेरि जेठी आमा अहिले पनि बिहानै उठेर काममा लग्नु हुन्छ ।

इज्यालो हुदा बारी तिर हिड्नु भएको सुन्थे आज बिहान करिब ८ बजे घासको भारी लिएर आउदै हुनुहुन्थ्यो । आज हामी सङ्गै खान बस्यौं तर उहाँले जति खान मलाइ रुचेन । बजारका युवाहरू काम नभए पनि ब्याम गर्छ्न । गाउँमा काम नगरी बस्यो भने त्यो मानिस चाडै सिधिन्छ । आज एक्छिन गाउ घुमेर आए । बढी मात्रमा बुहारी घरमा छैनन । भएका बुहारीलाई हिजोको ठिक उल्टो रहेछ । उति बेला ढिकी जातो गर्न रातको तिनचार बजे उठ्ने बुहारीले बिहान सबै काम सकेर सासु ससुरालाइ चिया पिउन उठाउथे ।ठिक बिपरित अहिले रहेछ ।

आफन्त आउदा ढोग्भेट सत्कार पनि खासै देखियन पुराना पिढिमा जस्तो । घर सजाउने र बजारिया बाताबरण बनाउने कुरामा भने सकारात्मक पियो । हिजो घरको आटि ( चोठा ) र भुइँमा लहरै सुत्ने चलन थियो । अहिले प्राय प्रत्येक घरमा किचन बेडरुम र सिटिङ्ग रुम गाउँमा हुनु ब्यक्ति आर्थिक रुपले माथी चड्दै छ भन्ने कुराको तथ्य हो । परिबारका कम्तिमा १४ बर्ष भन्दा माथी र ७० भन्दा तलका मान्छेमा मोबाइल सुबिधा छ । घर घरमा रेडिओको पहुँच छ ।

टेलिभिजनको पहुँच प्रत्येक घरमा न सहि प्रत्येक टोलमा छ । मिलेर सबले हेर्छन । २०६३ यताको बिकास क्रमले फड्को मारेको देखिन्छ । त्यस उता एउटा गाबिसमा एउटा फोन सेवा हुन्थ्यो । छ घन्टा सम्मको बाटो हिडेर देश बिदेशका आफन्त सङ्ग बोल्न पाइन्थ्यो । त्यो पनि पालो पाउन नसकेर बासा बस्न पर्थ्यो । २०६० को दशकमा म मलेसियामा छदा मेरो परिवारजन त्यसै गर्थे ।

२०६४ को चुनाव सम्म २१ सय पर्ने नोकिया मोबाइ थियो । टावरले काम नगरे रुखमा चडेर मैले समचार टिपाउथे । अहिले त्यो खालको मोबाइल मेरै छोराले बोक्न लजाउछ । रुख्मा चडेर समाचार टिपाइने मैले आज यसै गाउँको घरबट हर सुबिधा भएको फोन र ईन्टरनेटबाट समाचार पठाउन सकेको छु । सदरमुकामबाट मेरो घर पैदल डेढ घन्टाको दुरिमा छ । गाडी नचल्नु अघि तम्घास छोटो बस्टो डेढ घन्टामा आवतजावत हुन्थ्यो । हिजो म गाडीमा पनि डेढ घन्टा बढी समयमा आए । गाउँमा सहरिया सभ्यता सुरु भए लगत्तै गाउँमोह बढेको पाए ।

हिजो पैसा भए पनि उपभोग्री बस्तु पाइदैन्थ्यो र सहरमा बसेका मान्छेलाइ दिन कटाउन गार्हो लाग्थ्यो । अहिले त्यस्तो छैन । एक देखि अर्को टोल पुग्ने मोटर बाटो सुबिधा भए सङ्गै प्राय धेरैको मोटर साइकल छ । त्यो हुन्छ भने के गाउ के सहर ? फरक यो छ गाउको चिसो हावापानी र प्राकृतिक शोउन्धर्यता अनि ताजा खाना र प्रायः सफा मन । गाउँमा हामीले यहा बाट छ घन्टाको दुरिको मन्छे चिनेका छौ । बोलचाल नाता पाता आवत जावत पनि चली रहन्छ हाम्रो । तर म १४ बर्ष काठमाडौं २०६३ देखी तम्घास र गत बर्ष देखि बुटवलमा पनि डेरा गरि बसे तर मैले त्यस घरमा बद्ने मान्छे नै चिन्न सकिन ।

कहिलेकाही हेलो हाइ हुन्थ्यो तर घरबेटी सम्मले खासै वास्ता गरेको पाइन । मर्दा पर्दा सहरमा अकाला बिकला भइन्छ तर यो गाउँमा एक पैसा नहोस भर्खरओ मरो टर्छ । सिकिस्त बिरामी अस्पताल पुग्छ । भर्खरै बिबाहको खर्छ जुट्छ । आपसी आदन प्रदान सहयोग र सदभाब यो नेपाली ग्रामीण समाज सायदै कुनै मुलुकमा पाइएला । होईन र ?

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्