नेपाली फिल्म र नेपाली संस्कृतीको पक्षमा आबाज उठाउनु गल्ती हो?-दिपाश्री निरौला



चर्चित हास्य अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले आफ्नो आधिकारिक फेसबुकबाट स्टाटस लेख्दै आफु र आफ्नो समूह लामो समय देखि चलचित्र र संगितको पक्षमा काम गर्दै आएको र हाम्रो अकल्पनीय लगातारको सफलताले अत्तालिएका ब्यक्तिहरुले सामाजिक संजालमा समूह नै निर्माण गरि नक्कली आइडी बनाइ हामी विरुद्ध बिष ओकलिरहेका छन् ।

 

उनले लेखेकी छन् …

आज म लेख्दैछू….. हाम्रो समूह बिगत लामो समय देखि नेपाली चलचित्र र संगीतको को पक्षमा काम गर्दै आइरहेको छ , रात दिन नभनि हाम्रो संस्कृति को रक्षाको पक्षमा वकालत पनि गर्दै आइरहेको कुरा सबै आदरणिय मित्रहरू लाइ थाहै छ … अत यो कार्यले केहि सन्चालित तत्वहरूको निन्द्रा बिग्रिएको प्रमाण फेला परेको छ .. हाम्रो अकल्पनीय लगातारको सफलताले अत्तालिएका यि ब्यक्तिहरू सामाजिक संजालहरू मा समूह निर्माण गरेर (नक्कलि आइडि बनाइ ) हामि बिरूद्द बिष ओकलिरहेछन् … हामिले मेहनत गर्यो, दर्शकले माया गरिदिनु भो चलचित्रले दुर्लभ सफलता पायो के यो अपराध हो? नेपाली फिल्म र नेपाली संस्कृतीको पक्षमा आबाज उठाउनु गल्ति हो? त्यसैले यस्ता तत्वहरू संग सजक रहन म मेरा शुभचिन्तक र सत्यको पक्षमा आबाज निकाल्न सक्ने सम्पूर्ण सच्चा मित्रहरू मा आग्रह गर्दछू…. यस्ता प्रायोजित गालिले हाम्रो अभियान रोकिदैन , यो अटल छ , स्पष्ट छ जय नेपाल …!!!

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्