देश जनताले नै बनाउने हो-क्याप्टेन बिजय लामा



जापान पुगेर क्याप्टेन बिजय लामाले आफ्नो फेसबुकमा भावुक स्टाटस लेखेका छन् । आफू बसेको होटलको झ्यालबाट जापानलाई नियाल्दै जापान जस्तै नेपाल कहिले होला भनी कल्पना गरेका छन्।

 

उनी लेख्छन् ….

ओसाका स्तिथ म बसेको होटेलको मेरो कोठाको झ्यालबाट देखिने दृश्यलाई कैद गर्न खोझ्दा मेरो मनमा हाम्रो नेपाल पनि कहिले यस्तो होला भनेर आउँछ! असम्भव त कुनै कुराको पनि छैन तर सम्भव बनाउन कठिन देख्छु किनकी जब सम्म हामी नेपाली नागरिक नै यहाको नागरिक जस्तै देश बनाउने चेतनामा बस्दैनौ, देश प्रती इमान्दार हुन्नौ र सधै दोश जति अरु माथी मात्र थेग्छौ तब सम्म केही हुने वाला छैन! देश जनताले नै बनाउने हो!! कसैले हैन! अझै भन्ने हो भने राजनिती दलहरु र तिनका कार्यकर्ताहरुको भरमा मात्र देशलाइ सुम्पिनु जस्तो गलत सोच राख्नु ठूलो गल्ती हो हाम्रो! उनिहरुलाइ गाली गरेर आफ्नो जिम्मेवारी बिर्सनु झन ठूलो अपराध होइन र? त्यसैले मित्रहरु..उठ्नु पर्यो आ आफ्नो ठाउँ बाट देशको लागि नकि कसैको भर परेर बस्नु!! जापान जस्तो केही प्राकृतिक श्रोत (sources) नभएको देश त यस्तो बिकसित मुलुक बन्न सक्छ भने प्राकृतिक श्रोतको धनी देश नेपाल किन हुन सक्दैन? सोचको मात्र कमि भएको हो! अरु केही हैन! सोच बद्लौ देश बनाउन लम्कौ!!!

शुभ दिन सबैलाइ…. जय चन्द्र सुर्य!!

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्