नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा मतदान जारी, ५० प्रतिशत मत खस्यो



नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी नेतृत्वका लागी निर्वाचन भईरहेको छ । राजधानीको बौद्धस्थित होटल हायातमा अहिले मतदान जारी छ । अहिले सम्म ३ सय ४५ जनाले मतदान गरीसकेका छन् ।

अपरान्ह ४ बजेबाट शुरु भएको मतदान बेलुकी ८ बजेसम्म सम्पन्न हुने निर्वाचन समितीले जानकारी दिएको छ । अहिले सम्म मतदान शान्तिपुर्ण ढंगले भईरहेको खवर प्राप्त भएको छ । मतदान सम्पनन भए पश्चात आजै मतगणना शुरु हने कार्यक्रम रहेको छ ।

संघको विधान अनुसार अध्यक्षसहित सात पदाधिकारी र दश जना कार्यसमिति सदस्य गरी १७ जना निर्वाचित हुने प्रावधान छ । भईरहेको छ । ६ सय ५८ मतदाता रहेको चुनावी प्रक्रियामा दुई पक्षका ३४ उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

नेतृत्वका लागि व्यवसायीहरु दुई प्यानलमा विभाजित रहेका छन् । नेपाली कांग्रेस निकट वैदेशिक रोजगार व्यवसायीहरु नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्व अध्यक्ष विष्णु गैरे तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा र संघीय समाजवादी फोरम निकट व्यवसायीहरु प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका संस्थापक अध्यक्ष तथा संघका महासचिव सरोज कुमार पोखरेलको नेतृत्वमा चुनावी मैदान उत्रिएका छन् । दुवै प्यानलले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै आएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्