वैदेशिक रोजगार ब्यबसायी संघको मतगणना सुरु



काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवासयी संघको नयाँ नेतृत्वका लागि आज भएको मतदान सम्पन्न भएको छ । बेलुका ५ बजेदेखि शुरु भएको मतदात ८ बजेसम्म चलेको थियो । ६२१ जनाले मतदान गरेको संघद्वारा गठित निर्वाचन समितिले जानकारी दिएको छ । अहिले नौ बजेबाट मतगणना शुरु भइरहेको छ ।

यसैगरी कांग्रेस निकट व्यवसायी नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा विष्णुप्रसाद गैरेको उम्मेदवारी परेको थियो ।

त्यसैगरी सोही समूहको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङको उम्मेदवारी परेको थियो

यसैगरी सदस्यमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जङ्गबहादुर इजम र लक्ष्मण पौडेलको उम्मेदवारी दिएका थिए ।

अब बाजि कसले मार्छ? जित कुन प्यानलको पोल्टामा पर्छ त्यो भने आज राती नै मतगणनाको अन्तिम नतिजा आउने संघले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्