सुनको भाउ एकदिनमै तोलामा ६०० बढ्याे



दिनदिनै बढ्दै गएको सुनको भाउले सुनचाँदी ब्यबसायीहरुको ब्यापारमा निकै घाटा परेको सुनचाँदी ब्यबसायी महासंघले जानकारी गराएकाे छ ।

बिगतका बर्ष जस्तो यसपालीको तिजमा पनि संतोषजनक व्यापार सुनचाँदी ब्यबसायीहरुको हुन सकेन । तिजको संघारमा ह्वात्तै बढेको सुनको मूल्य अहिलेसम्म पनि घटन सकेको छैन । गत मंगलबार प्रतितोला छापा ७१,४०० रहेको सुनकाे मुल्य बुधबार एक्कासी तोलामा छ सयको दरले बढेर प्रतितोला ७२,००० हजार पुगेको छ । त्यस्तै चाँदी प्रतितोला रु.८८५ बाट बुधबार ८९० रुपैयामा कारोबार भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्