पुलमाथी …




फुटपाथमा बेच्नराखिएका
विभिन्न साइजका ब्राहरू हेरेर
उत्तेजित भइरहेछ
भर्खरै बलात्कारको बिरुद्धमा नाराबाजी गरेर
पुलका खुट्किला उक्लदै गरेको- आन्दोलनकारी

पुलकै भर्याङमा
उभिएर लिपिस्टिक लगाइरहेकी उनी
जो भर्खरै,
पुरुष अत्याचार विरुद्ध आवाज उठाएर आएकी हुन
आउने जानेहरूलाई इशारा दिईरहेकी छिन्
उनको इशाराले त्राहिमाम भएका छन्- स्कुले ठिटाहरू

साँगुरो पुलमा
आफ्ना कुइँनाहरू फैलाएर हिँडिरहेछ एउटा
जो भर्खरै महिला सुरक्षाको माग गर्दै
बुलन्द आवाज उठाएर आएको थियो

पुजा गर्न आएको धर्मात्मी होस्
या हज गर्न आएको
आइ इ एल टि एस गर्न जाँदै गरेको विद्यार्थी होस्
या खाडी जान दुरबाट आएकाहरू
सबै यहीँ ठोक्किन्छन्

जहाँ,
हजारको जुत्ता सात सयमा बेचिन्छ
अमुल्य जिन्दगी नि:शुल्क बाडिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्