वल्ड नेपाली म्युजिक अवार्ड २०१९ को १० उत्कृष्ट मनोनयनलाई प्रमाणपत्र वितरण

राष्ट्रिय भावको गीतबाट शैघालीकर्मी घर्ती उत्कृष्ट १० मा


वल्ड नेपालि म्युजिक अवार्ड २०१९ को उत्कृष्ट १० मनोनयन लाई आइतबार एक समारोहकाविच प्रमाणपत्र वितरण गरिएको छ । वरिष्ठ गीतकार तथा सङ्गितकार प्रेमध्वज प्रधान को प्रमुख आतिथ्यतामा काठमाडौ मा भएको कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट १० लाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

विभिन्न विधाका उत्कृष्ट १० मध्ये राष्ट्रिय भाव को गीत `हाम्रो नेपाल राम्रो नेपाल´ बाट शैघाली अनलाइनका प्रतिनिधि प्रेम विवश घर्ती पनि मनोनीत भएका छन् । घर्तीले आफुलाइ उत्कृष्ट १ मा विजयी बनाउन को लागि सबै सङ्ग भोट को अपेक्षा सहित अनुरोध पनि गरेका छ्न। गायक घर्ती लाई भोट गर्न मोबाइल को म्यासेज बकस मा गइ WN 18e टाइप गरि 33001 मा Send गरेर र अनलाइन र फेसबुक पेजबाट पनि अक्टोबर १५ सम्म भोट गर्न सकिने छ भने एउटै मोबाइल बाट पनि एक भन्दा बढी जतिपनि भोट गर्न सकिने छ ।

नेपाली गीत सङ्गीत लाई अन्तराष्ट्रीय स्तर सम्म प्रवर्द्धन गर्ने उद्देय ले अमेरिका को न्युयोर्क मा पहिलो पटक हुन लागेको वल्ड म्युजिक अवार्ड २०१९ मा विभिन्न विधाका ७८२ कलाकार हरु ले फारम भरेको सम्योजक सुमन बुढा ले जानकारी दिए। त्यस्तै १ उत्कृष्ट पाश्र्व गीतः पुरुष र महिला ;२. भाषा भाषी चलचित्रको गीतः पुरुष र महिला ;३. आधुनिक गीतः पुरुष र महिला ;४. लोक दोहोरी गीतः पुरुष र महिला ;५. लोक गीतः पुरुष र महिला ;६. गीतकार ७. संगीतकार;८. म्यूजीक भिडियो निर्देशन; ९. संगीत संयोजन;१०. लोपन्मुख गीतः पुरुष र महिला ;११. पप गीतः पुरुष र महिला ;१२. लोक गीत लय संकलक तथा १३. म्युजीक भिडियो मोडलः पुरुष र महिला लाई पुरस्कार प्रदान गरिने अध्यक्ष आङ्गेलु शेर्पा ले जानकारी दिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्