भद्र नेतामाथि अभद्र दाग



कसैले सायदै अनुमान गरेका थिए होलान् राजनीतिमा कहिल्यै पछि फर्कन नपरेको छवि बनाएका कृष्णबहादुर महराको राजनीतिक जीवनको उत्तरार्ध यति नमिठो होला भनेर। ४१ बर्षलामो राजनीतिक जीवनमा महराले संभवतः यतिको नमिठो अनुभूति कहिल्यै गरेका थिएनन् ।

जनयुद्दको सुरुवात हुनु अगावै देखि राजनीतिको केन्द्रमा पुगेका महरा सधैं शान्त र भद्र स्वभाव कै कारण नेतृत्वको प्यारो बने । ६१ वर्षीय महराको पारिवारिक जीवन अत्यन्तै राम्रो रहेको उनी निकट व्यक्तिहरू बताउँछन् । जनयुद्धका क्रममा कैयौं नेताहरुको परिवार सहिद भए कैयौं बेपत्ता अनि कैयौंको पारिवारिक विग्रह भएपनि महराको परिवारले त्यस्तो चुनौती कहिल्यै भोग्नु परेन ।

यौन दुर्ब्यबहारकाे आरोप

आईतबार साँझ कृष्णबहादुर महरा तीनकुनेस्थित एक कर्मचारीको डेरामा पुगेर लामो समयदेखि सम्पर्कमा रहेकी संसद सचिवालयकी एक कर्मचारीसँग यौन दुर्व्यवहार गरेको आरोप अहिले चर्चामा छ । ती कर्मचारीले बताए अनुसार उनी २०४७ सालदेखि महराको संगतमा छिन् । ती युवतीले आफ्ना पति नभएको समयमा रक्सी पिएर महरासँग बस्दैगर्दा हातपात हुन थालेपछि प्रहरीलाई खबर गरेको बताएकी छन् । विभिन्न स्रोतहरुका अनुसार महरा ती कर्मचारीको कोठामा आउजाउ गर्ने गरेको थाहा भएको छ । उनको सचिवालयले महरा आईतबार त्यहाँ नगएको दावी त गरेको छ तर ती महिलाले निलो गाडीमा आएका सभामुखले दुई घण्टा बिताएको दाबी गरेकी छन् । ती महिलाले महरालाई आफ्नो पतिमार्फत चिनजान भएको र बाक्लो आउजाउ हुनेगरेको पनि बताएकी छन् ।

Advertisement
Advertisement

को हुन् ती पीडित भनिएकी महिला ?

पश्चिम नेपाल स्थायी घर भएकी ती कर्मचारी संसद सचिवालयमा काजमा कार्यरत छिन् । ती महिला कर्मचारी नर्स हुन् भने उनका श्रीमान पनि स्वास्थ्य सेवामा कार्यरत छन् । ती महिलाका श्रीमान र महराबिच राम्रो सम्बन्ध भएकोले पनि उनको आवतजावत बाक्लो रहेको उनीहरुलाई चिन्ने ब्यक्तिहरुको भनाई छ । उनले आफूमाथि पहिलेपनि दुर्व्यवहारको प्रयास भएको संकेत गरेकी ती महिलाले अहिलेसम्म त्यस विषयमा कुनै उजुरी भने दिएको पाइएको छैन् । यसले पनि ती महिलाको नियतमा शंका गर्ने ठाउँ छ ।

पीडित भनिएकी महिलाले प्रहरीमा जाहेरी दिएकी छैनन् । उनको मोबाइल नम्बर पनि स्विच अफ गरेकी छन् ।

सन्तुलित अभिव्यक्ति र हँसिलो चेहरा भएका र अन्तर्मुखी प्रवृत्तिका महराले यस्तो रोमान्स गरे होलान् भन्ने कुरामा धेरैलाई पत्यार नै लाग्दैन ।

के भन्छन् ती महिलाका पति ?

सभामुख निकट स्रोतका अनुसार उनका पतिले यो घटना आफ्नै श्रीमतीको मानसिकताको उपज भएको बताएका छन् । उनका पतिले भनेका छन्, ‘ उसले कहिले विष सेवन गर्ने, कहिले के गर्ने गरेर मलाई हैरान परेकी थिई, अब सरलाई पनि त्यस्तो आरोप लगाईछ, म काठमाडौं आएर उसलाई सम्झाउँछु ।’

समायोजनमा जान नमानेपछि आरोप ?

यता सभामुख महराले भनेका छन् समायोजनमा बाहिर जानलागेकी उनले जसरी भएपनि यतै मिलाइदिन पर्यो भनेको र त्यसो नभएपछि यस्तो आरोप आएको भनेका छन्।

आरोपको खण्डन

सभामुखको सचिवालयले महरा त्यो साँझ तीनकुने गएको घटना कपोलकल्पित र सुनियोजित रुपमा प्रचार भएको तर सभामुख त्यहाँ नगएको बताएको छ । तर केही सञ्चारमाध्यमहरुले सभामुखले त्यहाँ गएको कुरा स्वीकार गरिसकेको लेख्नुले घटनालाई अझ गम्भीर मोडमा पुर्याएको छ ।

राजीनामा

चर्को आलोचना, पार्टी भित्रको दवाव र पार्टी हाईकमान्डको आदेशपछि महराले छानबिन प्रक्रियालाई सहयोग पुर्याउन भन्दै मंगलबार दिउँसो राजीनामा दिएकाछन् । ६१ वर्षीय नेताको हाईप्रोफाइल यौन काण्डले कसरी अवतरण गर्छ त्यो त समयले बताउला तर जमरामय हुनपर्ने दशैं कुनै न कुनै हिसाबले महरामय हुने भने निश्चित देखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्