वैदेशिक रोजगारीमा ‘सेलेक्सन मोड्युल’ प्रणाली सुरु गर्ने



सरकारले दसैँपछि वैदेशिक रोजगारीमा जाने युवाको भर्ना र छनोट प्रक्रियालाई नियन्त्रण व्यवस्थित गर्न ‘सेलेक्सन मोड्युल’ प्रणाली सुरु गर्ने भएको छ । युवा भर्ना प्रक्रिया, पासपोर्ट लिएको मिति, मागपत्र अनुसारको आवेदन र छनोट प्रक्रियालाई अनलाइनमार्फत अनुगमन गर्न ‘सेलेक्सन मोड्युल’ सुरु गर्न लागिएको हो ।

म्यानपावर कम्पनीले युवाको पासपोर्ट लामो समयसम्म राख्ने, समयमा भर्ना प्रक्रिया नगर्ने र मागपत्र अनुसार भर्ना नगर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न ‘सेलेक्सन मोड्युल’ नामक पासपोर्ट अनलाइन ट्र्याकिङ प्रणाली सुरु गरिने भएको बताइएको छ ।

अब म्यानपावरले श्रम स्वीकृति प्राप्त गर्न आवेदन दिने युवाको पासपोर्ट ‘सेलेक्सन मोड्युल’ प्रणालीमा राख्नुपर्छ ।

‘सेलेक्सन मोड्युल’ भनेको पासपोर्सको बुझाएका युवाको छनोट, अन्तर्वार्ता, सीप र अन्य विवरण अनलाइन राख्न विभागले तयार गरेको ट्र्याकिङ प्रणाली हो । यो प्रणाली विकास भइसकेको छ, दसैँपछि सबै म्यानपावर कम्पनीका लागि यो प्रणाली सुरु गर्दैछौं, वैदेशिक रोजगार विभाग स्रोतले भन्यो, “युवा भर्ना प्रक्रियालाई व्यवस्थित गर्न विभागले यसलाई म्यानपावरले आपूmले ल्याएको मागअनुसार युवासँग बुझेको पासपोर्टका सम्पूर्ण विवरण विभागले तयार गरेको अनलाइन प्रणालीमा भरेर मात्र प्रक्रिया अघि बढाउन सक्छ ।” मागअनुसार अन्तर्वार्ता लगायतका सम्पूर्ण प्रक्रिया समेतको जानकारी अनलाइनमा समावेश गर्नु पर्ने र सोको निरीक्षण विभागले नियमित रूपमा गर्ने जनाईएको छ ।

यो नियम लागू भएपछि म्यानपावर कम्पनीका कार्मचारी बाहेक अन्य तेस्रो पक्षले वैदेशिक रोजगारीको कारण देखाउदै कसैको पासपोर्ट बोक्ने, राख्ने र पैसाको कारोबार गर्न समेत पाउने छैनन् । म्यानपावरका कर्मचारीबाहेक वैदशिक रोजगारीको सिलसिलामा तेस्रो पक्षले कसैको पासपोर्ट बोके पक्राउ गरिने यस अघि नै विभागले निर्देशन दिएको थियो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्