नेकपा भित्र जबर्जस्त बस्न लागेका केही गम्भीर नजीरहरु



सुबोध सेर्पाइलीले आफ्नो सामाजिक सञ्जालमार्फत नेकपाभित्र देखापरेका विभिन्न समस्या र नैतिकताको आधारको बारेमा समीक्षा गरेका छन् । उनी अगाडि लेख्छन :

१) बिष्णु पौडेल -पार्टी महासचिव अभियोग बालुवाटार जग्गा काण्ड । (नैतिकताको आधारमा केहि झेल्न नपरेको)

२) शेरबहादुर तामाङ – तत्कालीन कानुन मन्त्री (गलत शब्द बोलेको आधारमा नैतिकताताको आधारमा पदबाट राजीनामा दिएको)

३) शेरधन राई – मुख्य मन्त्री (बालिका खड्काले आफुमाथि अन्य गरेको आरोप लगाइरहेको तर मन्त्री केहि नबोलेको)

४) स्वर्गीय रबिन्द्र अधिकारी -तत्कालीन पर्यटन मन्त्री (जहाज खरिदमा भ्रष्टाचारमा नाम जोडिएको मुद्दा किनारा नलाग्दै हेलिकप्टर दुर्घटनामा मृत्यु भैसकेको)

५) कृष्ण बहादुर महरा – निवर्तमान सभामुख (रोषनी नामकी महिला सँग नाम जोडिएपछि सबैतिर बाट दबाब झेलिरहेको, बाँकी घटनाक्रम कसरेर अगाडि बढ्छ थाहा नभएको )

अरु लेख्ने पालो तपाइको है ? कसलाई के हुनुपर्थ्यो ? के हुँदा राष्ट्र अनि पार्टीको हितमा हुन्छ ? जस्ताको तस्तै जाओस् ।
#निजी_विचार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्