नेपाल लोकस्टारको टप 4 मा पुगे रोल्पाका शनि बिश्वकर्मा



सैघाली खबर ,काठमाडौं-चर्चित लोक गायन रियालिटि शो आइएमई नेपाल लोक स्टारमा रोल्पाका शनि विश्वकर्माले चौथो स्थानमा आफुलाई सुरक्षित गराएका छन् । एपिवान टेलिभिजनबाट प्रसारण भइरहेको लोक स्टारमा अब देखि चार जना प्रतिस्पर्धीको धमकेदार प्रस्तुति देख्न पाइनेछ । लोक स्टारको टप चारमा पुगे सँगै शनि विश्वकर्माले फेसबुकबाट लाइभ आएर आफुलाइ भोट हाली बिजय बनाउन यस्तो लेख्छन् : सर्बप्रथम त तपाईहरु सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।

आज म नेपाल लोकस्टारको टप ४ पुग्न सफल भएको छु । यत्तीखेर मैले सबैलाई धेरैधेरै सम्झीरहेको छु। जसले मलाई यसरी साथ सहयोग अनि अपार माया गरेर देश बिदेशबाट आफुले सकेको भोट सपोर्ट गर्दै यहाँसम्म पुर्याईदिनु भएको छ। यसका लागि म हजुरहरु प्रती आभारी छु। अब छिट्टै अर्को हप्ता Grand Finale मा जाने (टप – ०3) का लागि प्रतिस्पर्धा हुनेछ। तपाईहरु सबैको यस्तै माया साथ सहयोग निरन्तरताको अपेक्षा गरेको छु !!

#please_share #please_vote अब सबै तपाईकै हातमा छ कहाँ सम्म पुर्याउने भनेर …आजको यो मेरो लाईभ सबै माझ पुर्याईदिनु होला । अहिले देखि भोलि दिउँसो १२ बजे सम्म नेपाल लोकस्टारको टप -०४ का लागि भोटिङ सुरु भएको छ। भोट गर्नका लागि (Type:- L 24 and Send To:-37000 ) ime pays apps….

सबैको पर्खाईमा रहेको त्यो समय एकदमै नजिक आउदैछ। जुन घडीको सुई तपाईको साथ सहयोग बिना चल्न सक्ने सम्भवना छैन। अबको समयमा मलाई तपाईको भोटको साथै सल्लाह सुझाबको पनि उत्तिकै आवश्यक परेको हुदा मलाई आफ्नै छोरा चेला भाई सम्झेर मैले अगाडी बढन के गर्नुपर्छ त्यो कुरा ( massage , comment , share & Call ) जुनसुकै माध्यामबाट भएपनि म सम्म पुर्याईदिनु होला !! #Thank_you_so_much #Shani_Bishwokarma #Lokstar_top_4

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्