भ्रमण वर्ष सफल पार्न एनआरएनको विशेष चासो



नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउनको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विशेष चासो राखेको छ । नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच आईतबार १७ बुँदे समझदारी भएको छ ।

विश्वभर छरीएर रहेका एक नेपालीले एक विदेशी साथी नेपाल भ्रमणमा पठाउने, विदेश बाट नेपाल धेरै पर्यटक पठाउने व्यक्ति वा संस्थालाई सम्मान गर्ने देखि विश्वभरका ५० भन्दा बढि देशमा ‘मिस एनआरएन इन्टरनेशनल’ आयोजना गरी उक्त प्रतियोगीताको फिनाले २०२० को जुनमा नेपालमा नै गर्ने समेतका समझदारी भएको छ ।
समझदारीअनुसार संघले गैर आवासीय नेपालीका विश्वभर रहेका व्यावसायिक फर्म तथा होटेल, रेस्टुरेन्टमा नेपाल सम्बन्धी आकर्षक प्रचार सामग्री राखेर प्रचारप्रसार गर्ने तथा प्रचारप्रसारका सामग्री वितरण गर्ने, प्रचार प्रसार गर्नका लागि सचिवालयको समन्वयमा संघले वर्षभरी विश्वका प्रमुख सहरमा कार तथा साइकल ¥याली गर्ने, संघका विश्वभर रहेका सदस्य तथा विभिन्न नेपाली संघसंस्थामा आवद्ध नेपालीका माध्यमबाट संघले उनीहरुको रोजगारदाता, व्यावसायिक साझेदार संघसंस्था तथा व्यक्तिलाई नेपाल भ्रमणका निम्ति निमन्त्रणा गर्ने लगाएतका विषयमा समझदारी भएको जनाइएको छ ।

उक्त समझदारी पत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा नेपाल पर्यटन बोर्डमा सचिवालयका संयोजक सुरज वैद्य र नव निर्वाचित एनआरएनए अध्यक्ष कुमार पन्तले हस्ताक्षर गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्