हाम्रा पाँच गल्ती, जसले स्मरण शक्ति गुमाइदिन्छ



मानिसले जीवनमा धेरै गल्ती गर्छ । भनिन्छ गल्ती नगर्ने मानिस नै हुँदैन । गल्ती सामान्य मानिसले मात्र होइन, बुद्धिमान तथा मेहेनती मानिसले पनि गर्छन् । तर तपाईँका गल्तीले आफ्नो दिमागमा कतिको असर गरिरहेको छ भन्ने थाहा पाउनुपर्छ ।

तपाईलाई सामान्य लाग्ने आनीबानीले पनि तपाईँको दिमागलाई असर पुर्याइरहेको हुन्छ । हामीले दिनभरिमा धेरै यस्ता गल्तीहरु गर्छौँ जसको कारण हाम्रो दिमागमा नराम्रो असर पर्न सक्छ । यस्तो अवस्थामा मेमोरी पावर कमजोर भएर मस्तिष्कमा असर पर्ने समस्या आउन सक्छ।

ती गल्ती यस्ता छन्

कम्तिमा पनि ७ घण्टा सुतेन भने मस्तिष्कले ठीकसँग काम गर्दैन । समय सँगसँगै उसको काम गर्ने क्षमतामा पनि कमी आउँछ । हाम्रो मस्तिष्कमा नराम्रो असर पर्छ । आजकल मानिसहरु पर्याप्त मात्रामा सुत्दैनन् । बिस्तारामा ढल्के पनि ध्यान मोवाइल वा इन्टरनेटमा हुन्छ । त्यसको प्रत्यक्ष असर मस्तिष्कमा पर्छ ।

धेरै समयसम्म एक्लै बस्ने मानिसहरुमा अल्जाइमरको जोखिम बढ्छ । यसले मस्तिष्कमा नराम्रो असर पार्छ । यसले भविष्यमा मस्तिष्कसम्बन्धि भयानक समस्या निम्त्याउन सक्छ । शहरी जीवनशैलीका कारण मानिसहरु एक्लै हुन थालेका छन् । त्यसको बिकल्पमा सम्भव भएसम्म समूहमा काम गर्नु राम्रो हुन्छ ।

जङ्क फुडमा एमएसजी नामक एडिटिव मिसाइएको हुन्छ । जुन मस्तिष्कको न्यूरान रिसेप्टर्सका लागि घातक हुन्छ । धेरै मात्रामा जङ्क खाना खानाले टाउको दुख्ने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता समस्या हुन सक्छ । खाजा र खाना घरमै बनाएर खान सके यो समस्या समाधानमा सघाउ पुग्छ ।
लगातार धेरै समयसम्म हेडफोन वा एरफोनमा ठूलो आवाजमा गीत सुन्नाले मष्तिस्कमा नराम्रो असर पार्छ । कम्प्युटर लगायतका इलेक्ट्रोनिक सामानहरु अत्यधिक मात्रामा चलाउँदा पनि मस्तिष्कमा असर गर्न सक्छ । मोवाइल अत्यधिक चलाउँदा पनि त्यसको असर मस्तिष्कमा पर्छ ।

धूमपान गर्दा हाम्रो शरीरमा केही हानिकारक केमिकलहरु प्रशारण हुन्छ। यसले रगतलाई गाढा बनाइदिन्छ र मस्तिष्कमा रगत प्रशारण कम हुन्छ । रगत सञ्चालनमा अवरोध आउँदा समग्र स्वास्थ्य अवस्थामा नै प्रभाव पर्छ । मद्यपान र लागूपदार्थ सेवनले त मस्तिष्कमा सबैभन्दा बढी असर गर्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्