यस्तो छ थाइराइड हुनुको कारण र लक्षण




थाइराइड शल्यचिकित्सकद्वारा थाइराइड ग्रन्थी निकालिएको अवस्थामा हुन्छ ।

आयोडिनको कमी भएको अवस्थामा पनि थाइराइड हुने गर्छ । डाक्टरका अनुसार शरीरको प्रतिरक्षा प्रणाली अनावश्यक रूपमा सक्रिय भई थाइराइड ग्रन्थीको सुजन भएमा थाइराइड हुन्छ । थाइराइड विशेष गरी चिसो मौसममा ज्यादा हुने गर्दछ ।

पिट्युटरी ग्रन्थीमा समस्या भएर थाइराइड ग्रन्थीलाई काम गर्न सघाउने हर्मोन कम भएमा थाइराइडको समस्या आउँछ । विकिरणको प्रभावस्वरूप थाइराइड ग्रन्थीमा हानी पुग्नाले थाइराइड हुन्छ । जन्मजातरूपमै थाइराइडको हर्मोन कम हुनाले पनि थाइराइड हुने डाक्टरको भनाई रहेको छ ।

थाइराइडको लक्षण

यदि थाइराइडको हर्मोन कम भएमा तौल बढ्ने, डिप्रेसन हुने, अत्यधिक थकान महशुस हुने, कपाल झर्ने, छाला सुख्खा हुने, महिनावारीको गडबडी, गर्भ नरहनु वा बाझोपन लगायतका लक्षण देखिन्छ ।

त्यसैगरी, थाइराइडको हर्मोन बढी भएमा तौल घट्ने, असामान्य रूपमा पसिना आउने, अत्यधिक दिसा लाग्ने, घाँटीमा घाउ हुने वा सुख्खा हुने, मुटुको चाल बढ्ने, हातको पन्जा तथा पैतालमा पोल्ने र अत्यधिक पसिना आउने आदि समस्या देखापर्ने डाक्टरहरु बताउछन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्