सरकारले माग्यो काउन्सेलर र श्रम सहचारी, निवेदन दिन आह्वान



काठमाडौं , मंसिर २६ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न मुलुकहरुका लागि काउन्सेलर श्रम र श्रम सहचारी पदमा नियुक्तिका लागि आवेदन मागेको छ ।  मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सो पदहरुमा निवेदन दिन आह्वान गरेको हो ।

मन्त्रालयले दक्षिण कोरियाको सियोल, कतारको दोहा र मलेसियाको क्वालालम्पुरका लागि काउन्सेलर श्रम पदमा निवेदन आह्वान गरेको छ भने संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधावी, साउदी अरेबियाको जोद्धा, मलेसियाको क्वालालम्पुर, कुवेतको कुवेत सिटी र ओमानको मस्कटका लागि श्रम सहचारी पदमा निवेदन आह्वान गरेको हो । ती दुवै पद श्रमिकका लागि मात्रै केन्द्रित हुने भएकोले श्रम सम्बन्धी राजदूतका रुपमा लिने गरिएको छ ।

मन्त्रालयले सो पदमा निवेदन दिन इच्छुकहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र निवेदन बुझाइसक्न आग्रह गरेको छ । मन्त्रालयद्वार जारी सूचनामा भनिएको छ, ’काउन्सेलर श्रम तथा श्रम सहचारी छनोट तथा नियुक्तिसम्बन्धी कार्य्विधि तथा मापदण्ड–२०७३ अनुसार तोकिएबमोजिमको योग्यता पुगेका कर्मचारीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफ्नो व्यक्तिगत विवरण उल्लेख गरी अनुसूची(२ बमोजिम निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशन गरिएको छ ।

करीब दुई वर्ष अगाडि नै नियुक्त हुनुपर्ने काउन्सेलर श्रम र श्रम सहचारी तत्कालीन मन्त्री गोकर्ण विष्टले फाईल अघि नबढाएपछि पुरानैलाई म्याद थप गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्