चर्को रकम असुल गर्दै श्रमिकलाई म्यानपावरवालाले भने- मलेसिया जानु अमेरिका सरह हो



काठमाडौं, पुस ३ । मलेसिया जाने चार जना युवासँग चर्को रकम लिंँदै गरेको अवस्थामा वैदेशिक रोजगार विभागले फेला पारेको छ ।
गुल्मी रेसुङ्गाका अनिल बि.क., सन्दीप बि.क. र दीपक बहादुर सुनार तथा बराह न.पा. सुनसरीका सन्तोष बिष्टसँग रु ४ लाख ५० हजार लिंदै गरेको अवस्थामा लाइफ इन्टर्नेशनल ओभरसिजमा फेला पारिएको विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिए ।

४ जना युवा मलेसियाको अबिबा प्लास्टिक उद्योगमा कामका लागि जान इजाजतपत्र नम्बर ७६० भएको महाराजगञ्जमा रहेको लाइफ इन्टरनेशनल ओभरसिजका जनसम्पर्क अधिकृत दान बहादुर सोमैलाई सम्पर्क गर्दा उनले ‘मलेसिया जानु भनेको अमेरिका जानु सरह हो, १ लाख ३५ हजारमा एक पैसा कम हुन्न’ भनेर त्यसै अनुसारको पैसा लिँदै गर्दा विभागले फेला पारेको हो ।

ठीक डेढ महिना अघि नोभेम्बर ३ मा उक्त मलेशियन कम्पनीबाट नेपाल र मलेशियाबीचको पछिल्लो श्रम सम्झौता बमोजिमको फ्रि भिषा फ्रि टिकट अन्तर्गतको मागपत्र बमोजिम उनीहरुलाई मलेशिया पठाइँदै थियो। उक्त कम्पनीमा ५० जना कामदारको माग भएकोमा यी सहित ३६ जनाले श्रम स्वीकृति लिएको देखिएको भुसालले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्