ईपीएसको सीप परीक्षणमा ६ हजार ७ सय ६३ नेपाली प्रशिक्षार्थी उत्तीर्ण



काठमाण्डौ – रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सीप परीक्षाको नतिजा सार्वजनिक भएको छ । सीप परीक्षणमा ६ हजार ७ सय ७३ जना नेपाली प्रशिक्षार्थी उत्तीर्ण भएको इपीएस कोरिया शाखाले जनाएको छ ।

यसमध्ये छात्रा एक हजार ३४ र छात्र ५ हजार ७ सय ३९ छन् । ईपीएस अन्तर्गत लिइएको कोरियन भाषा परीक्षामा ९२ हजारभन्दा धेरै परीक्षार्थी सामेल भएका थिए ।

यसमध्ये भाषा परीक्षामा १२ हजार १० जना उत्तीर्ण भएका थिए । भाषा परीक्षामा पास भएकामध्ये सीप परीक्षणमा चाहिँ ६ हजार ७ सय ७३ जना मात्रै उत्तीर्ण भएका शाखाले जनाएको छ ।

उत्पादन क्षेत्रमा ४ हजार ७ सय ६४ र कृषि क्षेत्रमा २ हजार ९ जना सीप परीक्षामा उत्तीर्ण भएका छन् । सीप परीक्षा पास हुँदैमा कोरिया जान पाइने भन्ने हुँदैन ।

उत्तीर्ण परीक्षार्थीले कोरियाका लागि रोजगार आवेदन भर्न पाउने र रोजगारदाताको छनोटमा परेमा मात्र कोरिया जाने निश्चित हुने ईपीएस कोरिया शाखाले जनाएको छ । यसअघि भाषा परीक्षा पास भएमा रोजगार आवेदन भर्न पाइन्थ्यो । तर यो वर्षदेखि भने कोरियाले सीप परीक्षण पनि गर्न थालेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्