नेपाल वैदेशिक रोजगार व्यवसायी संघद्धारा व्यवसायीलाई अनुरोध



काठमाण्डौ । नेपाल वैदेशिक रोजगार व्यवसायी सँघद्धारा व्यवसायीबाट सुझाव पेश गर्न अनुरोध गरिएको छ । संसोधित नियमावलीको नियम २५ मा भएको व्यवस्था अनुसार वैदेशिक रोजगार व्यवासय गर्ने ईजाजतपत्रवाला संस्थाले राखेको धरौटी रकमको ९० प्रतिशत रकम वैदेशिक रोजगार विभागले वाणिज्य वैंकमा मुद्धती खाता खोलेर राख्ने गरिएको थियो ।

सो रकमको ७५ प्रतिशत रकम वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरी बाँकी २५ प्रतिशत रकम वैदेशिक रोजगार व्यवसाय कोषको नाममा जम्मा गर्दै वैदेशिक रोजगार व्यवसायीको क्षमता अभिवृद्धि, वैदेशिक रोजगार व्यवसाय र व्यवसायीको कल्याणकारी कार्य तथा वैदेशिक रोजगार सम्वन्धी अध्ययन अनुसन्धान गर्ने कार्यमा खर्च गर्ने व्यवस्था भए अनुरुपको मापदण्ड, निर्देशिका वा नियमावलीमा राख्नु पर्ने बिषयहरुमा व्यवसायी ज्यूहरु बाट मिति २०७६।०९।०९ गते भित्र वैदेशिक रोजगार व्यवसाय कोष व्यवस्थापनको सम्बन्धमा लिखित राय÷सुझाव तथा धारणा पेश गर्न अनुरोध गरिएको सँघका महासचिव सुजित कुमार श्रेष्ठले बताएका छन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्