मलेसियाले बढायो कामदारको तलब, अब न्युनतम तलब कति ?



काठमाडौं : मलेसियाले श्रमिकको न्यूनतम तलब बढाउने भएको छ । मलेसियाको मानव संशाधन मन्त्रालयले आगामी वर्ष सन् २०२० को जनवरी १ तारिख देखि लागू हुने गरीे स्वदेशी तथा विदेशी श्रमिकहरुको तलब बढाउने बताएको छ ।

मन्त्रालयका अनुसार जनवरी १ देखि श्रमिकहरुको न्यूनतम तलब १२ सय रिंगिट हुने भएको छ । तलव बढेपछि कामदारले न्यूनतम मासिक तलब करिब ३३ हजार पाउने छन् । मलेसियामा हाल कामदारको न्यूनतम तलब ११ सय रिंगेट रहेको छ ।

मलेसियाली सञ्चार माध्यमहरुमा न्यूनतम तलब लागू हुने ५७ वटा शहरको नाम सार्वजनिक भएको छ । ती शहरहरुमा जोहोरबहरु , इस्कन्डर, पुटेरी, अलोर सेटर, मेलाका बेर्सेजर्हा, पुलाउ पिनान्ङ, सेबेराङ पेराइ, इप्हो, शाह अलम, पेटालिङ जय, क्वाला तेरेन्गानु, कुचिङ उतरा, कुचिङ सेलेटन, मिरीकोटा किनाबालु, क्लालालम्पुर ,बाटु पहट रहेका छन् ।

त्यसैगरी अन्य शहरहरुमा क्लुआङ, कुलाई, मुअर, सेगामट, पसिर गुडाङ, कुलिम, सुंगाई पेटानी, लङकवाई, कुवाङ पासु, कोटा भारु, अलोर गजाह, जसीन, हाङ तुह जय, सेरेम्बन,. निलाई, पोर्ट डिक्सन, जेम्पोल, कुआन्टन, तेमेरलोह, बेन्टोङ, मनजुङ, क्वाला कंग्सर, ताइपिङ रहेका छन् ।

त्यस्तै तेलुक इन्तान, कङगर, अम्पाङ जय, कजाङ, क्लाङ, सेलयाङ, सुवङ जय, सेपाङ, केमामन, डङ्गन, पडवान, सिबु, समराहन, बिन्टुलु, सन्दकन, तवाउ, लाबुअन र पुत्रजयमा पनि बढेको नयाँ तलवमान लागू हुने छ । मलेसिया नेपाली कामदारको प्रमुख रोजगार गन्तव्यका रुपमा रहेको छ । हाल ८ सय ५४ म्यानपावर कम्पनी रहेकोमा वैदेशिक रोजगार विभागका अनुसार ४ सय ३४ भन्दाबढी म्यानपावर कम्पनी मुख्य रुपमा मलेसियामा आधारित रहेका छन् ।

मलेसियामा कामदारको तलब वृद्धिको विषय तातो वहशका रुपमा रहेको छ । मलेसियाको वर्तमान गठबन्धन सरकार आउनु अघिको निर्वाचनका क्रममा हालको सत्तारुढ गठबन्धनले मजदुरहरुको न्यूनतम तलब १५ सय रिंगिट बनाउने प्रतिबद्धता जनाएको थियो । रोजगारदाताहरुले तलब वृद्धि भए बजार भाउ आकासिने र त्यसले सरकारलाई नै असफल बनाउने त्रास देखाएपछि मलेसिया सरकारले क्रमिक रुपमा तलव बढाउने योजना कार्यान्वयन गरिरहेको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्