काजुको खेती कसरी गर्ने यस्ता छन, टिप्स



उष्ण प्रदेशीय हावापानीमा राम्रो संग खेती गर्न सकिने काजुको अंग्रेजी नाम एनाकार्डीयम अक्सिडेन्टल हो । यो फल एनाकार्डीएसी परिवार अन्तर्गत पर्दछ । मुटुको उल्टो आकार संग मिल्ने यस फललाई उल्टो मुटो जस्तो फल भनिन्छ । यसको बोट १० देखि १२ मिटर अग्लो हुन्छ ।

यस फलको आकार अण्डा वा नासपाती जस्तै हुन्छ । फल पाक्ने बेलामा यसको रंग कलेजी भई ५ देखि ११ सेमी हुन्छ । यसको उत्पत्ति दक्षिण अमेरिकी मुलुक ब्राजिलमा भएको पाईन्छ । नेपालमा काजु खेती तराईको उष्ण प्रदेशीय क्षेत्र खासगरी पूर्व देखि पश्चिम तराईको मैदानी भागमा गर्न सकिन्छ । तुसारो पर्ने क्षेत्रमा काजु खेती गर्नु उपयुक्त मानिदैन । समुन्द्र आसपासको तटीय क्षेत्रमा सापेक्षिक आद्रतायुक्त

उष्ण खाले हावापानी यसको खेती राम्रो हुन्छ । समुन्द्र सतह देखि ७०० मिटर सम्मको उचाईमा वार्षिक वर्षा ६०० मिमि हुने क्षेत्र यसको लागि उपयुक्त हावापानी हो । तापक्रमका हिसाबले २० डिग्री सेल्सियस भन्दा कम र ४२ डिग्री भन्दा बढी तापक्रम त्यति राम्रो मानिदैन । अत्याधिक वर्षा र लामो समयसम्म बादली भएको त्यति राम्रो मानिदैन ।

माटो :

जरा लामो लामो हुन्छ । रुखो जमिनमा पनि यसको खेती गर्न सकिन्छ । बलौटे माटो, दोमट, रातो, नदि ताल तलैयाबाट निर्मित हल्का बलौटे दोमट माटो उपयुक्त मानिन्छ ।

काजुका फाईदाहरु :

प्रोटिन २१.२५, चिल्लो पदार्थ ४६.९, कार्वोहाईड्रेट २२.३, फस्फोरस ०.४५ प्रतिशत लगायत अन्य धेरै पौष्टिक तत्व पाईन्छ । काजुमा सुन्तलामा भन्दा ५ गुणा बढी भिटामिन सी पाईन्छ ।

प्रचलित जातहरु :

भेन्गुर्ला -१, भेन्गुर्ला -२, भेन्गुर्ला-३, आदि रहेका छन् ।

जग्गाको छनोट/ विरुवा रोपण :

बिरुवा लगाउनु १ वर्ष पहिले नै १ मिटर लम्बाई, १ मिटर चौडाई र १ मिटर गहिराई भएको खाल्डो खन्नु पर्छ । खाल्डो खन्दा निस्केको माथिल्लो १ फिटको सतहको माटोमा २५ देखि ३० केजी प्रांगारिक मल, ५० गर्म डर्भासन विषादी मोलेर माटोको सतह भन्दा १ फित अग्लो हुने गरि थुप्रो बनाउनु पर्छ । मनसुन सुरु भएपछि काजुको विरुवा रोप्नु उपयुक्त मानिन्छ ।

मलखाद व्यवस्थापन :

बोटको वरिपरी गोडमेल गरि झारपात हटाई काण्डको २ मिटर परिधिमा २५ देखि ३० सेमी गहिरो र चाक्लो कुलेसो बनाई त्यसमा माटो र २५ देखि ३० केजी प्रारंगारिक मल मिलाउनु पर्छ । काजु बोटमा मल दिदा मनसुन सुरु हुनु भन्दा अगाडी बैसाख जेठमा र मनसुन समाप्ति पछी भदौ देखि असोजमा उपयुक्त हुन्छ ।

सिंचाई र गोडमेल:

काजुको विरुलाई सुरुको अवस्थामा २ वर्षको उमेर सम्म सुख्खा मौसममा ७ दिनको फरकमा हल्का सिंचाई दिनु पर्दछ । ३ देखि ४ वर्षको उमेर पछी यसको जरा जमिनमा तल सम्म जाने हुँदा सिंचाई नभएमा पनि खा नराम्रो असर पर्दिन । विरुवामा फूल फुल्ने र दाना लाग्ने अवस्थामा सिंचाई गर्नाले फल झर्ने समस्या कम हुन्छ । बगैंचामा कोसेवालीहरु अंतर्वालीको रुपमा लगाउनाले माटो हल्का हुनुको साथै माटो मलिलो पनि बन्छ ।

वर्षादको सुरु र अन्तमा मल दिनु भन्दा अगाडी बगैंचामा गोडमेल गरि झापट हटाई बगैंचा सफा सुघर बनाउनु पर्छ । काजु विरुवा बढेर छाँयादार हुन थालेपछि भने अन्तर वाली लिन सकिदैन ।

वाली उत्पादन तथा व्यवस्थापन कार्य :

काजुको विरुवा रोपेको ३ देखि ४ वर्ष पछी मात्र उत्पादन दिन सुरु गर्छ । विरुवा मङ्सिर र पुस तिर फुल्न थाल्छ त्यसको ५० देखि ५५ दिनमा तिप्न्को लागि तयार हुन्छ । माघ फागुन् महिनाबाट सुरु भई जेठ सम्म टिप्न सकिन्छ । फललाई २/३ दिन सम्म घाममा सुकाएर सुख्खा बनाएअर् ओभानो ठाउँमा थन्काउनु पर्छ । काजुको सरदार उत्पादन प्रति बोट ८ देखि १५ केजी सम्म हुने गर्दछ । उन्नत जात जस्तै भेन्गुर्ला ३/४/५ को उत्पादन क्रमश २०, २७ र ३१ केजी सम्म हुने गरेको पाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्