छाला चम्काउन खानुहोस यी पाँच खानेकुरा



छाला चम्काउनका लागि कृतिम पदार्थ प्रयोग गर्नुभन्दा फलफूल सेवन उत्तम हुन्छ । फलफूल सेवन गर्दा छाला मात्रै चम्कदैन यसले तपाईको स्वास्थलाई समेत फाइदा गर्छ ।

सुन्तला : सुन्तलामा पर्याप्त भिटामिन सी हुन्छ । सुन्तलाको जुस पर्याप्त मात्रामा पिउनाले उमेर बढ्दा हुने प्रभाव कम हुन्छ । तपाईले सुन्तलालाई आफ्नो छालामा समेत घोट्न सक्नुहुन्छ । यसो गर्दा दाग खटिराहरु समेत मेटिन्छन् । तपाईले आफ्नो छालामा यसको घोक्रा धस्दा समेत स्वास्थका लागि फाइदा हुन्छ ।

स्याउ : तपाईको छालामा चमक ल्याउन स्याउमा पर्याप्त पोषणयुक्त तत्व हुन्छ । यसमा कपर र भिटामिन सि हुन्छ जसले छालालाई नरम बनाउँछ । छालाका लागि आवश्यक पर्ने पोटासियमको मात्रा पनि स्याउमा पाइन्छ ।

मेवा : मेवालाई फलफूलको राजा समेत भनिन्छ । यसमा थुप्रै न्युटिसियनहरु हुन्छ । यसले तपाईको मुटुको सुरक्षा गर्नेदेखी वजन घटाउनेसम्म काम गर्छ । यसले तपाईको छालालाई फ्रेस बनाउँछ । यदी तपाईले सेवाको कालो बियालाई फाल्ने गर्नुभएको छ भने याद राख्नुस् त्यसले टोक्सीन्स हटाउँदै तपाईको छालमा मरेका सेल्सहरुलाई हटाउने काम गर्छ ।

खरबुजा : फलफूलले छालालाई भरिपूर्ण मात्र बनाउदैन स्वच्छ र स्वस्थ समेत बनाउछ । खरबुजामा रहेको भिटामिन सि भिटामिन एले तपाईको उमेर बढेको अनुभव हुन दिदैँन । भिटामिन एले तपाईको छालामा रहेका स साना प्वालहरुलाई हटाउने काम गर्छ ।

अनार : यसमा रहेको ओमगा थ्री एसिडले छालाको सेल्सहरुलाई परिवर्तन गराइरहन भूमिका खेल्छ । त्यस्तै यसमा पुनिकिक एसिड, इलाजिक एसिड र एन्टीओक्सीडेन्ट्सहरु रहेको हुन्छ । अनारले रेड ब्लड सेल्स अर्थात आरबिसी बढाएर रक्तसञ्चारमा समेत मद्धत पुर्याउँछ । यसमा भिटामिन ए, सी, ई र पर्याप्त मात्रामा मिनरल्स रहेको हुन्छ । यसले सुख्खा छाललाई फ्रेस बनाउँछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्