लमहीका खाद्यान्न तथा तरकारी पसल अब दैनिक खुल्ने



 

 ।

टेकबहादुर पुन दाङ्ग । दाङ्गको लमही बजारका अति अाबश्यक खाद्यान्न र तरकारी पसल अब दैनिक खुल्ने भएका छन् । साताको अाईतबार, मंगलबार र शुक्रबार खोल्ने जिल्ला प्रशासन कार्यालयले निर्णय गरेपनी त्यस्तो निर्णयले बजारमा अत्यधिक भिड हुने भएकाले शनिबार देखी नै लागू हुनेगरि दैनिक खुल्ने भएको हो । सातामा ३ दिन खाद्यान्न र तरकारीका पसलहरु खोल्दा मानिसको अति भिड हुने र जसले गर्दा कोरोनाको संक्रमण झन बढ्न सक्ने भएकाले देउखुरी उद्योग बाणिज्य संघले दैनिक खोल्ने निर्णय गरेको हो ।

प्रत्यक दिन बिहान ६ बजेदेखी ९ बजेसम्म खरिद बिक्रि गर्नेगरी जिल्ला प्रशासन कार्यालय सँगको अापसी छलफलले दैनिक खोल्ने निर्णय गरिएको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले जानकारी दिए । त्यसो त सातामा ३ दिन खोल्ने निर्णय गरे भन्दाअघि दैनिक नै खुल्ने गर्दथ्यो । सो समयमा बजारमा मानिसको भिड कम हुने गरेको शुक्रबारको भिडले स्पष्ट पारेको छ । जिल्ला प्रशासन कार्यालय दाङ्गले सातामा ३ दिन खाद्यान्न र तरकारी पसल खुल्ला गर्ने निर्णय गरे पश्चात् शुक्रबार पहिलोचोटी बजार खुलेको हो । तस्बिरमा देखिएको भिड शुक्रबार बजार खुल्दाको हो । अब दैनिक खाद्यान्न तथा तरकारी पसल खुल्ने भएपछि भिड कम हुनेमा बिश्वास गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्