गाउँमै रमाउँदै खेतीपाती कमाउँदै



कृष्ण अन्जान रुरु जिवनका पाँच दशक बित्दैछ। ऊनी अाफ्नाे गाउँलाइ कर्मथलाे बनाएर आफनै बाबु बाजेकाे जायजेथामा लडिबुडि गर्दैछन्। उनकाे सपना विपना सबै अाफ्नै खेतबारी हाे | रुरु गाउँपालिका ३ काे फेक्लदी गाउँदेखी अलि काेल्टे परेकाे रिप तिरकाे पाखाे तर यहि रिपाइलाे पाखाेमा लेखनाथ गौतमकाे कृषिकाे वैभवता कायम छ | बीस वर्ष देखि टनेलमा टमाटर उत्पादन गर्न थालेका गौतमले पछिल्ला तेह्र वर्ष देखि व्यावसायिक रुपमा काउली खेती पनि गर्न थालेका छन | त्यसाे त उनकाे बारीमा घिरौला , लौका सिमी करेला बन्दागोपी पनि मनग्ये उत्पादन हुन्छ तर टमाटर र फुलगाेभी लेखनाथकाे ब्राण्ड उत्पादन हाे | बारीमा डमक्कै टनेल निर्माण गरेर उनले सयाै क्विन्टल टमाटर उत्पादन गरेकाे अनुभव छ अहिले पनि उनि सँग तिनवटा स्थायी टनेलमा टमाटर छ भने बारी भरी अरु वर्षे तरकारी | हालसम्म उनले बारिमा कृषि कर्मका लागि ८ /९ लाखकाे सेराेफेराेमा लगानी गरेका छन भने वार्षिक अाम्दानी ३ देखि ४ लाख छ | उनि न राेजागारीका लागि कतै वाहिर गएका छन न कुनै जागिर गरेका छन यहि कृषि कर्मले छाेरीलाइ कृषि प्राविधीक र छाेरालाइ ओभरसियर बनाएका छन | अघिल्ला बर्षहरु उनकाे उत्पादनकाे बजार रुरु गाउँपालिकाकाे रिडी बजार थियाे भने करिब २ बर्ष देखि उनकाे उत्पादन गाउँमै पैँचाे पसलले खरिद गर्न शुरु गरेपछी उनलाइ धेरै सजिलाे भएकाे छ | उनकाे कृषिकार्यकाे मुल्याँकन गर्दै रुरु गाउँपालिकाले उत्कृष्ठ मध्येकाे पनि प्रथम पुरस्कार दिएकाे छ भने रुरु महाेत्सवमा काउली उत्पादनका छेत्रमा जिल्लाकै दाेस्राे पुरस्कार पाउन सफल भएका छन | उनले आफ्नाे उत्पादनमा आफै प्राविधीकाे काम गर्छन र उनकाे गौतम कृषि फार्ममा उत्पादन हुने तरकारी पुर्ण प्राँगारीक मल प्रयाेग गरिएकाे अर्गानिक भएकाे गौतमले बताए | कृषहरुकाे बर्गिकरण गरि राज्यले अनुदान तथा प्राविधिक सहयाेग गर्नु पर्छ भन्ने मान्यता राख्ने उनि विउ विजन र मलकाे प्रयाप्तताबाट किसान जुध्नु परेकाे गुनासाे राख्छन् | राजनैतिक नेताहरुले भाषणमा किसानलाइ सकेकाे ऊत्पादन गर भनेर उक्साए पनि उत्पादनले बजार र वास्तविक लगानि अनुसारकाे मुल्य किसानले नपाएकाे गुनासाे उनकाे छ |

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्