खाडीका ६ देशमा कोरोना भाइरसको संक्रमण बढ्दो, लाखौं नेपाली जोखिममा



काठमाडौं । लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले २९२ जनाको मृत्यु भएको छ भने ५१ हजार ७६० जना संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै १५२ जनाको मृत्यु भएको छ । त्यहाँ २० हजार ७७ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा ८९ जनाको मृत्यु भएको छ भने ११ हजार ३८० जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेत २३ जनाको मृत्यु भएको छ भने ३ हजार ४४० जना संक्रमित भएका छन् ।

यस्तै कतार र ओमानमा १०र१० जनाको मृत्यु भएको छ । ती देशहरुमा क्रमश ११ हजार ९२१ र २ हजार १३१ संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा ८ जनाको मृत्यु भएको छ । त्यहाँ २ हजार ८११ जना संक्रमित भएका छन् ।

२६२ जना नेपाली संक्रमित

गैह्रआवासिय नेपाली संघ ९एनआएएनए०का अनुसार कोरोना भाइरसले अहिलेसम्मका खाडीका ६ राष्ट्रमध्ये युएईमा २ जना नेपालीको मृत्यु भएको छ भने २६२ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये बहराइनमा १२६, युएईमा ८१, कुवेतमा ५१ र साउदीमा ४ जना गरी २६२ जना नेपाली संक्रमित भएको एनआरएनएले जनाएको छ ।

नेपाली श्रमिकको आकर्षक श्रम गन्तव्य मानिने खाडी मुलुकमा लाखौँ नेपाली कार्यरत छन् । ती मुलुकमा कोरोना भाइरसको संक्रमण बढिरहँदा लाखौँ नेपाली जोखिममा परेका छन् ।

कतिपय नेपालीहरुले नेपाल आउन चाहिरहँदा समेत सरकारले ल्याउने तदारुकता नदेखाउँदा अप्ठेरोमा परेको गुनासो गर्दै आएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्