बहराइनमा एकैदिन ७७ नेपालीमा कोरोना पुष्टि, संक्रमितको संख्या १२६ पुग्यो



काठमाडौं । बहराइनमा एकैदिन ७७ जना नेपाली कामदार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यहाँस्थित नेपाली दूतावासका अनुसार फरक फरक ४ कम्पनीमा कार्यरत ७७ नेपालीमा एकै दिन कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुमध्ये एउटा सुपरमार्केट र ३ विभिन्न कम्पनीमा कार्यरत नेपाली हुन् । एकैदिन ७७ जना थपिएसँगै बहराइनमा संक्रमित हुने नेपालीको संख्या १ सय २६ पुगेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिए । ४९ जना नेपालीमा यसअघि नै कोरोना सङ्क्रमण देखिएको थियो ।

दूतावासका अनुसार बहराइनमा झण्डै ३० हजार नेपाली श्रमिक कार्यरत छन् । बहराईनमा मंगलबारसम्म १५ सय ५६ जनामा कोरोना संक्रमण भेटिएको र ८ जनाको मृत्यु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्