बहराइनमा थप ३१ जना नेपालीलाई कोरोना संक्रमण, संक्रमितको संख्या १५७ पुग्यो



काठमाडौं। बहराइनमा थप ३१ जना नेपाली श्रमिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संगै बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १५७ पुगेको छ ।

बहराइनस्थित नेपाली दूतावासका अनुसार यसअघि १२६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो ।बहराइन सरकारले सबै नेपालीको आफ्ना नागरिक सरह नै उपचार गरिरहेको र अवस्था सामान्य रहेको दूतावासको भनाइ छ ।

यस्तै, दूतावासले कोरोनाका कारण समस्या पर्ने नेपाली श्रमिकलाई आफ्नो विवरण टिपाउन अनुरोध गरेको छ ।

समस्यामा पर्ने नेपालीको एकीकृत विवरण लिने र समस्या समाधानका लागि सहजीकरण गर्ने दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बहराइनमा समस्यामा पर्ने नेपाली श्रमिकलाई विवरण टिपाउनका लागि पहल गर्न दूतावासले नेपाली समुदाय र संघसंस्थालाई पनि आग्रह गरेको छ । बहराइनमा झण्डै ३० हजार नेपाली कार्यरत रहेको जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्