संसद भवनमा नेता र सांसदको स्वाब संकलन (फोटो फिचर)




काठमाण्डौँ, वैशाख २५
शुक्रबार सुरु हुने सं‌सदको हिउँदे अधिवेशनअघि बिहीबार संघीय स‌ंसदको प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुमा कोरोना संक्रमण परीक्षण गरिएको छ प्रयोगशालामा गरिने परीक्षणका लागि बिहीबार सा‌ंसदहरुको सं‌घीय संसद भवनमा स्वाब संकलन गरिएको छ ।

बिहीबार प्रतिनिधिसभा सदस्य १७० र राष्ट्रियसभा सदस्य ३३ जनाको स्वाब लिई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका लागि पठाइएको छ । सांसदबाहेक संसद सचिवालयका कर्मचारीहरुको पनि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ । शुक्रबार दिउँसो ४ बजे सुरु हुने सं‌सद बैठकमा प्रवेश गर्न सांसदहरुले आफूलाई कोरोना संक्रमण नभएको प्रमाणपत्र देखाउनुपर्नेछ ।

सा‌ंसदहरुको स्वाब संकलनका लागि विहान १० बजेदेखि २ बजेसम्मको समय तोकिएको थियो । कोरोना परीणका लागि स्वाबको नमुना दिन शीर्ष नेताहरु बिहीबार संसद भवनमा पुगेका थिए । बिहीबार दिइएको स्वाबको नतिजा शुक्रबार विहान आउने जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्