यो एउटा गीतले सनी लियोनीलाई पर्यो फर्सात , के गरेकी छन् गीतमा ? (हेर्नुहोस् भिडियो)



काठमाडौँ । बलिउड सुपर स्टार अभिनेत्री सनी लियोनीको फिल्म ‘तेरा इंतजार’ पनि बिवादित फिल्मको श्रृङखलामा समाबेश भएको छ । बिवादमा फस्नुको कारण फिल्मको बिषयवस्तु नभएर त्यसमा समावेश भएको गीत रहेको छ ।‘सेक्सी बार्बी गल’ बोलको गीतका कारण फिल्म धरासायी बन्दै गएको हो । बार्बीको नामबाट खेलाैँना बनाउँदै गरेको कम्पनी मेंटल इंक ले यस प्रति आपत्ति जनाँउदै दिल्ली हाईकोर्टमा उजुरी दिएको थियो ।

उजुरी अनुसार दिल्ली हाईकोर्टले पनि फिल्म ‘तेरा इंतजार’ को निर्माताले बिना अनुमति अफ्नो फिल्मको गीतमा ‘सेक्सी बार्बी गल’ को शब्द प्रयोग गरेकोमा सूचना जारी गरेको थियो । फिल्मको गीतमा रहेको उक्त ‘सेक्सी बार्बी गल’ शब्दलाई गीतबाट हटाउन कम्पनीको माग रहेको छ । जसले बार्बीको प्रतिष्ठामा नकारात्मक असर पर्ने कुरालाई मनन् गरिएको छ ।
किनभने अधिकांश साना बच्चाहरु त्यो कम्पनीका गुडियाहरुसँग खेल्दछन् । जसमा सनी लियानीले आफूलाई ‘सेक्सी बार्बी गल’ भन्दै नाचेकी छन् ।

फिल्ममा जम्मा ८ वटा गीतहरु समावेश छन् । ती मध्येमा ‘सेक्सी बार्बी गल’ दोस्रो स्थानमा पर्दछ । जसमा शब्द सबिर यहमदको हो भने स्वर स्वाती शर्माको रहेको छ । फिल्ममा पहिलो पटक सनी लियोनी र अरबाज खान एकै साथ देखिएका छन् । फिल्मको ट्रेलर रिलीज भए देखि यसलाई थुप्रैले मन मराएका थिए । फिल्म तेरा इंतजारलाई राजीव वालियाले निर्देशन गरेका हुन् ।फिल्म एक दिसंबरमा रिलीज हुने भनिएको छ । –बिगुल न्युज बाट 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्