हास्य कलाकार तथा गायक अर्जुन कुवरको आउ नाचौ माया सार्वजनिक



सीता घिमिरे/अर्घाखाँची
हिन्दुहरुको महान पर्व हरितालिका तिज आउन अझै केही समय बाकी छ तर नेपाली कलाकारहरूले भने धमाधम तिजका गितहरु बजारमा ल्याउन सुरु गरेका छन । भने केही तिज गितहरु बजारमा आइसकेका छन कोरोनाको त्रास र बन्दाबन्दिको अवस्थामा नेपाली कलाकारहरू तिज गित बजारमा ल्याउन लागि परेका छन ।

यसैक्रममा लाखौ श्रोताको मन जित्दै चर्चामा रहेका लोक गायक तथा सर्जक अर्जुन कुंवरको तिजको गित आउ नाचम माया सार्वजनिक भएको छ । चर्चित गायिका सम्झना भण्डारी र अर्जुन कुवंर पित्री बुढोको आफ्नै आवाजमा रहेको गितलाइ गणेश अधिकारिले शब्द तथा अर्जुन कुंवरले लय गरेका छन ।

सोही गितमा चर्चीत मोडेलहरु रिना थापा लोमश शर्मा अर्जुन कुंवर शर्मिला रायमाझी सभिरा बोहोराले म्युजिक भिडियोमा अभिनय गरेका छन । स्मृति तिमिल्सिना (गुरुआमा)को निर्देशन सुरेश क्षेष्ठको छायांकन रहेको गितलाइ प्रकाश धमलाले सम्पादक गरेका छन ।

शिबदर्शन फिल्मसबाट सार्बजनिक भएको गितलाइ शिबदर्शनको अफिसियल युटुबबाट हेर्न सकिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्